महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण 

गणेश घिमिरे
चैत्र ३, इलाम
महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको अध्यक्षता एवं इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बू दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिले महिलालाई उद्यम क्षेत्रमा प्रोत्साहन गर्नका लागि तीनै तहका सरकार तथा सरोकारवाला निकायले लगानी गर्नुपर्नेमा जोड दिएको थियो । कार्यक्रममा संघकी महासचिब उषा निरौलाले प्रगति तथा कोषाध्यक्ष तीर्थ श्रेष्ठले ३ लाख १८ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा इलाम नगरपालिकाकी सफल महिला उद्यमी मेनुका निरौलालाई सम्मान गरेको संघकी सदस्य एवं महिला उद्यमी मेनुका श्रेष्ठ पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालका प्रमुख एकनाथ दाहाल, इलाम नगर पर्यटन समिति अध्यक्ष सुशिला सापकोटा, इलाम नगर महिला समन्वय समिति अध्यक्ष पूष्पा खनाल, सञ्चारकर्मी सबिता पाण्डे, होटल ब्यबसायि देवी पौडेल, लगायतले शुभकामना दिँदै महिलालाई सिपमूलक तालिमहरु दिएर उद्यमसंग जोड्नुपर्ने बताउनु भएको थियो । यस्तै जिल्लाभरका उद्यमीहरुलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड समेत दिइएको थियो । संघमा जिल्लाभरका ३५ जना उद्यमी आबद्ध छन् । 
 

प्रतिकृया दिनुहोस

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

इलाम, बैशाख ९, इलाम  राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७

गैससलाई चलायमान बनाउन अग्रसर बर्तमान कार्यसमिति, पहिलो पटक भित्ते पात्रो प्रकाशन

गणेश घिमिरे चैत्र ३१, इलाम  गैरसरकारी संस्था महासंघ नेपाल इलाम शाखाले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ ।

आँखाको ज्योति फर्किएपछि खुशिले गद्गद्

गणेश घिमिरे  चैत्र ३०, इलाम      इलाम फाकफोकथुम गाउँपालिका स्थित खाम्बाङका ८८ बर्षिय भिमबहादुर राईको खुशिको सिमा छैन । एउटा दाइने आँखाले देख्न