इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न, विभिन्न उमेर समूह र विधामा उत्कृष्ट खेलाडीहरू पुरस्कृत 

गणेश घिमिरे
जेठ २४, इलाम 
इलाम नगर बुद्धिचाल संघको आयोजनामा इलाम नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको सहकार्यमा आयोजित इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न उमेर समूह, विद्यालय तथा खुला विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिएको छ । १२ बर्ष मुनिको पुरुषतर्फ जुबिलियन्ट इलाइट एकेडेमीका सुहाङ लिम्बू ४ अंकसहित प्रथम भएका छन् भने १२ बर्ष मुनिको छात्रातर्फ ग्रीनभ्याली एकाडेमिकी क्लारा चम्लागाईं ४ अंकसहित प्रथम भएकी छन् । १६ बर्ष मुनिको छात्रमा जुबिलियन्ट इलाइट एकेडेमीका सेसेहाङ लिम्बू ४ दशमलव ५ अंकसहित प्रथम हुँदा १६ बर्ष मुनिको छात्रामा सोही विद्यालयकी इतुषा लिम्बू ३ दशमलव ५ अंकसहित प्रथम भएकी छन् ।

प्राइभेट विद्यालयको छात्रमा बीबी मेमोरियल स्कूलका अस्मिन मगर ५ अंकसहित प्रथम भएका छन् भने छात्रातर्फ ग्रीन भ्याली एकेडेमीकी सम्पदा पराजुली ४ अंकसहित प्रथम भएकी छन् । डिसिप्लिन प्लेयरतर्फ जुबिलियन्ट इलाइट एकेडेमीका नोनिम लिम्बू उत्कृष्ट घोषित भएका छन् । भेटेरानतर्फ श्यामकुमार साम्बो लिम्बू ६ अंकसहित प्रथम भएका छन् । नगर स्तरीय खुला विधामा रबिन्द्र घिमिरे ७ दशमलव ५ अंकसहित प्रथम भएका छन् । सरोज कन्दङ्वा ७ अंकसहित दोस्रो हुँदा यामप्रसाद लिम्बू ६ दशमलव ५ अंकसहित तेस्रो भएका छन् । रामप्रसाद लिम्बू र मनिश पौडेल ६ अंकसहित क्रमशः चौथो स्थानमा रहँदा ससिम बानिया ६ अंक र प्रशान्त लिम्बू ५ दशमलव ५ अंकसहित क्रमशः पाँचौँ र सातौँ स्थानमा रहेका छन् । अनरेटेड समूहमा नविन राया ६ अंकसहित प्रथम भएका छन् । केशब प्रसाद घिमिरे र गणेश घिमिरे समान ६ अंकसहित दोस्रो तथा तेस्रो भएका छन् । गौरब घिमिरे चौथो र आर्जन भण्डारी ५ दशमलव ५ अंकसहित पाँचौँ स्थानमा रहेका छन् । इलाम नगरपालिकाकी महिला तर्फ आनबी राई ४ अंकसहित प्रथम भएकी छन् ।

सरकारी कर्मचारी समूहमा स्मृति प्रधान ३ अंकसहित प्रथम भएकी छन् भने शिक्षक समूहमा सुरेश लिम्बू ४ अंकसहित प्रथम भएका छन् । निजी विद्यालय शिक्षकतर्फ नविनकुमार गौतम ३ दशमलव ५ अंकसहित प्रथम भएका छन् । इमर्जिङ खेलाडीमा सुभोद सापकोटा ५ अंकसहित उत्कृष्ट घोषित भएको आयोजक समिति अध्यक्ष नवीन रायाले जानकारी दिनुभयो ।  आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा बौद्धिक खेलकुदको विकास र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
 

प्रतिकृया दिनुहोस

११ पटकका च्याम्पियन बादशाह सरोज रिङ आउट, धमकेदार इन्ट्रि गर्दै काजी बने चेस ‘किङ’

गणेश घिमिरे जेठ १०, इलाम      इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिड एण्ड ब्लिट्ज चेस

बौद्धिक खेलको केन्द्र बन्दै इलाम, जेठ ९ गते सूर्योदयमा फिडे मान्यता प्राप्त चेस प्रतियोगिता हुँदै

गणेश घिमिरे जेठ ४, इलाम  इलाममा पहिलोपटक अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिडड एण्ड ब्लिट्ज चेस

खेलाडीबाट व्यवसायिक रेफ्रीसम्म,  इलामका महेश खड्काको प्रेरणादायी यात्रा

गणेश घिमिरे बैशाख २४, इलाम      इलाम नगरपालिका–८ का महेश खड्का अहिले इलामको फुटबल क्षेत्रमा एउटा भरोसायोग्य र परिचित नाम बनेका छन् । मैदानमा