नेपालबाणि एफएमको साधारण सभा तथा बार्षिक उत्सव सम्पन्न

गणेश घिमिरे
फागुन ७, इलाम
शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्र इलामद्धारा सञ्चालित रेडियो नेपालबाणि एफएमको १५ औ बार्षिक साधारण सभा एवं १५ औं बार्षिक उत्सव आइतबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको अवसरमा सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाण्डेको अध्यक्षता एवं इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा सभाको उद्घाटन सत्रमा प्रजातन्त्र सेनानी तोयानाथ भटटराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै रेडियोलाई पालिकाहरुको गतिबिधिका बारेमा नियमित सहयोग गर्ने पाँचवटा पालिकाहरु इलाम नगरपालिका, देउमाई र सूर्योदय नगरपालिका तथा माङसेबुङ र रोङ्ग गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
यस्तै रेडियो कार्यक्रम दिएर सहयोग गर्ने टि डब्लु आर नेपाल काठमाडौं र सहयात्रा नेपाललाई पनि प्रशंसा पत्र प्रदान गरेको छ । यसैगरी रेडियोलाई नियमित बिज्ञापन उपलब्ध गराउने माई मेडिकल इलाम, श्रेष्ठ सिसा पसल इलाम, माता मनकामना उपचार केन्द्र इलाम, सिजि फुड्स प्रालि झापा, शिबाकोटी ओेभरसिज झापा तथा झापाकै दृष्टि आँखा अस्पताल पूणटुंग बिर्तासिटि अस्पताल र ओमसाई पाथीभरा झापालाई पनि रेडियोले प्रशंसा पत्र प्रदान गरेको रेडियोका स्टेशन म्यानेजर सोमनाथ सुसेलीले जानकारी दिनुभयो । यस्तै रेडियोले दुईजना प्राबिधिक सहित तीनजलाई पनि प्रशंसा पत्र प्रदान गरेको छ । रेडियो कार्यक्रम प्रस्तोता बिजय मुकारुङ राई तथा प्राबिधिकद्धय माधव लुईटेल र मनिष र बस्नेतलाई प्रशंसा पत्र प्रदान गरेका छ । यता सभामा सञ्चालक समिति अध्यक्ष पाण्डेले बार्षिक प्रगति प्ीतबेदन एवं भावि निती तथा कार्यक्रम, कोषाध्यक्ष रिता अधिकारीले आर्थिक प्रतिबेदन एवं लेखा समिति संयोजक गोपाल पौडयालले लेखा सुपरीबेक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । रेडियो सञ्चालक समितिका उपाध्यक्ष लिलाप्रसाद थापाले स्वात मन्तब्य राख्नु भएको कार्यक्रममा सभाको उद्घाटन सत्रमा मेयर थापा सहित प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, संस्थाका संस्थापक शेयर सदस्य एवं नेपाली काँग्रेसका उपसभापति खगेन्द्र देवान, इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष बिप्लव भटटराई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
बैसाख देखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण
आउँदो बैसाख महिनादेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) वितरण इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेबाटै हुने
प्रतिकृया दिनुहोस