युवा ब्यबसायी ताम्राकारले खोले फेब्रिक झोला उद्योग

गणेश घिमिरे
असार ३०, इलाम
इलाम नगरपालिका प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएको १२ बर्ष बितिसक्यो । प्लाष्टिकमुक्त घोषणापछि यस नगरपालिकामा बिकल्पको रुपमा फेब्रिक झोला प्रयोगमा ल्याइयो । फेब्रिक झोलालाई इलामे झोलाको रुपमा चिनाइयो । तर बिडम्बना यो झोला इलाममा झापा लगायत तराईका जिल्लाबाट ल्याइँदै आएको छ । प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएको बर्षौ बित्दापनि यो झोलाको उत्पादन गर्न स्थानीय सरकार सहित कसैलेपनि चासो देखाएन ।
इलामे झोलाको पहिचान बन्दा पनि बाहिरी जिल्लाबाट यो झोला ल्याउनु पर्ने बाध्यता भइरहेको महसुस भएपछि यस झोलाको उत्पादन अब आफनै जिल्लामा गर्नुपर्छ भनेर यहाँका युवा ब्यबसायी जुरमुराए । इलाम बजारका युवा ब्यबसायी प्रज्ववल ताम्राकारले निजी लगानीमा फेब्रिक झोला उत्पादन गर्न उद्योग नै स्थापना गर्नुभएको छ । ४० लाख भन्दा बढीको लगानीमा इलाम बजारमा यसको उद्योग खोलिएको छ । सुन्दरता इलामेली झोला उद्योग नाम दिएर स्थापित उद्योगबाट सात साइजमा दैनिक पाँचसय सयकेजी फेब्रिक झोला उत्पादन हुँदै आएको छ । उद्योगमा हाल ६ जनाले रोजगारी पाएका छन् । प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएका १२ बर्ष बित्दापनि फेब्रिक झोला झापा लगायत तराईका जिल्लाबाट ल्याउनु पर्ने बाध्यता बनिरहेकोले यसलाई अन्त्य गर्नका लागि आफैलै झोला उद्योग खोलेको ब्यबसायी ताम्राकार बताउनुहुन्छ । युवाहरु बैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा स्थानीय स्तरमै थोरै लगानीमा पनि स्वदेशमै बसेर सानो उद्यमी बनेर अरुलाई पनि रोजगारी दिन सकिन्छ कि भनेर झोला उद्योग खोलेको उहाँको भनाई छ । उद्योगबाट उत्पादीत झोला प्रतिकेजि २ सय ५० रुपैंयाँमा इलाम बजारमा बिक्रि गर्न थालिएको छ । हाल इलाम बजार क्षेत्रमा मात्र झोला बिक्री गर्दै आएपनि अब बिस्तारै जिल्लाका प्रमुख बजार सहित पाँचथर र ताप्लेजुङ्ग जिल्लासम्म पुरयाउने लक्ष्य ब्यबसायी ताम्राकारको छ । यस्ता झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग पुग्नेछ । त्यसो त फेब्रिक झोलाको प्रयोग इलाम नगरपालिका मात्र हैन जिल्लाका प्रमुख बजारहरुमा पनि छ । तर यस पालिका बाहेक अन्य पालिकामा प्लाष्टिक (कालो पोलिथिन) को प्रयोग पनि अधिक छ । पछिल्लो समय इलाम नगरपालिकामा पनि प्लाष्टिकको झोलाको प्रयोग देखिन थालेको छ । तरकारी पसलदेखि किराना पसल, फेन्सि पसलहरुमा ब्यबसायीले लुकाई छिपाई उपभोक्तालाई प्लाष्टिकको झोलामा सामान दिन थालेको पाइएको छ । बजारमा प्लाष्टिकको प्रयोग हुन थालेको गुनासो आएपनि स्थानीय सरकार भने बेखबर बनेको पाइन्छ ।

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण
गणेश घिमिरे चैत्र २, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८

पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै
गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार
प्रतिकृया दिनुहोस