सधैं चुनावी एजेण्डा बनाइने इलाम अस्पतालको अवस्था कहिले सुध्रिएन

गणेश घिमिरे
भदौ २१, इलाम
इलाम जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पताल हो, इलाम अस्पताल । अस्पतालको भवन देख्दा लाग्छ, यो अपस्ताल निकै सुबिधा सम्पन्न र आवश्यक मात्रामा जनशक्ति छ । तर यी सबै कुरा सोचेजस्तो छैन । नत यहाँ बिरामीको चाप बढ्दा पर्याप्त मात्रामा बेड छ, नत आवश्यक जनशक्ति । यी दुवैको अभाव इलाम अस्पतालले अहिले ब्यहोर्दै आएको छ । करिब १५ दिन यता इलाम अस्पतालमा बिरामीको चाप उच्च छ । भाइरल ज्वरो, स्क्रब टाइफस र डेंगुका बिरामीको चाप बढेपछि भुइँमै सुताएर बिरामीको उपचार गरिदै आएको छ । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा भुईँमै राखेर उपचार गरिदै आएको हो । बिरामीको चाप बढ्दा बेडको अभाव एकातिर छ भने अर्कोतर्फ इमरेजेन्सि वार्डमा ३÷४ जना स्वास्थ्यकर्मीले उपचार सेवा दिनुपर्र्नेे बाध्यता छ । इमरजेन्सिमा आठ÷नौ वटा मात्र बेड रहेको छ । तर दैनिक ७०÷८० जना बिरामीहरु इमरजेन्सिमा भर्ना हुँदा बेड अभावले भुइँमै राखेर उपचार गर्न बाध्य भइरहेको इमरेजेन्सि शाखाका इन्चार्ज टिका लुइँटेलले बताउनुभयो ।
अस्पतालमा जनशक्ति अभावको समस्या बर्षौदेखि छ, अहिले बिरामीको चाप बढ्दा सिमित जनशक्तिले नै सेवा दिइरहनु पर्दा बिरामीले समयमा उपचार नपाउने समस्या बढेर गएको छ । जनशक्ति अभावकै कारण बिरामीले समयमा उपचार पाउन सकेका छैनन् । अस्पतालमा डेंगुका मात्रै दैनिक ५०÷६० जना बिरामीहरु भेटीने गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डाक्टर प्रभु शाहको भनाई छ ।
बिरामीले स्वास्थ्य सेवा लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । यस अस्पतालमा नौजना विशेषज्ञसहित १६ डाक्टरको दरबन्दी रहेकोमा हाल एकजना विशेषज्ञ डाक्टर दरबन्दीमा कार्यरत छन् । बाँकी करार र छात्रवृत्तिका डाक्टरले काम गरिरहेका छन् । अस्पतालको ओपिडीमा पनि दैनिक ३÷४ सय जनासम्म बिरामी आउने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढीरहेपनि उपचार गर्न आउनेलाई स्वास्थ्यकर्मीले २४ सै घण्टा खटेर सेवा प्रबाह गरिरहेका छन् । जटिल अवस्थाका बिरामी बाहेक अन्य बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा रेफर भने अस्पतालले नगरेको जनाएको छ ।
इलाम अस्पतालको सेवालाई गुणस्तरीय बनाउने र दरबन्दि अनुसारको जनशक्ति ल्याउने भनेर जिल्लाका राजनैतिक दल र नेताले हरेक चुनावमा मुख्य चुनावी एजेण्डा बनाउने गरेका छन् । तर चुनाव पटक पटक भयो, चुनाव जितेर प्रधानमन्त्री, सभामुखसम्म भए, नेताको जीवनशैली र रहनसहन फेरीयो । बाह« बर्ष कुकुरको पुच्छर ढुङग्रोमा हालेपनि बाङगाको बाङगै भनेजस्तै इलाम अस्पतालको अवस्था कहिले फेरीएन । पहिला जस्तो अहिले पनि त्यस्तै । नत दरबन्दि अनुसारको जनशक्ति नै छ, नत आवश्यक मात्रामा उपकरण नै छ । भएका उपकरण समेत दक्ष जनशक्तिको अभावमा थन्किएको छ । जसको प्रत्यक्ष मारमा इलामे जनता परेका छन् । सामान्य उपचारमा पनि यहाँका नागरीक महङगो खर्चेर जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता छ ।

साडे १६ लाख बढिको लागतमा एकतप्पामा खानेपानी आयोजना निर्माण गरिदै
गणेश घिमिरे बैशाख ३१, इलाम स्वच्छ, ब्यबस्थित र पर्याप्त खानेपानीको अभाव झेलिरहेका इलाम फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका बासिन्दाहरु अब यो

आँखाको ज्योति फर्किएपछि खुशिले गद्गद्
गणेश घिमिरे चैत्र ३०, इलाम इलाम फाकफोकथुम गाउँपालिका स्थित खाम्बाङका ८८ बर्षिय भिमबहादुर राईको खुशिको सिमा छैन । एउटा दाइने आँखाले देख्न

‘तालिम लिएपछि थप जिम्मेवारी बढ्यो’
गणेश घिमिरे चैत्र १८, इलाम इलाम सदरमुकाममा चारदिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम आज सकिएको छ । सुनगाभा बचत तथा ऋण सहकारीले आयोजना गरेको
प्रतिकृया दिनुहोस