महिला उद्यमि लिलादेवीको अर्को फड्को, होमस्टे महासंघ कोशि प्रदेशको अध्यक्षमा चयन

गणेश घिमिरे
असोज १५, इलाम 
इलाममा सफल महिला उद्यमिको परिचय बनाउनु भएकि इलाम सन्दकपुर गाउँपालिकाकि लिलादेवी भटटराईले एकपछि अर्को सफलता चुम्दै जानु भएको छ । बिभिन्न सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आउनु भएकि भटटराई  होमस्टे (घरबास) महासंघ कोशि प्रदेशको अध्यक्षमा चयन हुनु भएको छ । भटटराई यसअघि महासंघको तदर्थ समितिको उपाध्यक्ष रहनु भएको थियो । अध्यक्ष भटटराई इलामको सफल महिला उद्यमि हुनुन्छ । उहाँकै सक्रियतामा सन्दकपुर गाउँपालिका स्थित माइपोखरीमा होमस्टे सञ्चालित छ । उहाँ आफैले पनि होमस्टे सञ्चालन गर्दै आउनु भएको छ ।

निकै मेहनती भटटराई कृषि क्षेत्रमा पनि उत्तिकै सफल हुनुन्छ । किबि खेतीको बिस्तारमा समेत लाग्नु भएकि नवनिर्वाचित अध्यक्ष भटटराईले इलाम सहित देशका बिभिन्न जिल्लाहरुमा समेत गएर अचार बनाउने र दुधबाट उत्पादीत परिकारहरु बनाउने तालिम समेत दिँदै आउनु भएको छ ।

भट्टराई अध्यक्ष बन्नु भएको होमस्टे (घरबास) महासंघ कोशि प्रदेशको उपाध्यक्षमा धनकुटाबाट त्रिलोचन घिमिरे, सचिबमा झापाबाट मन्जिल देवान र कोषाध्यक्षमा ताप्लेजुङबाट विजय साँवा रहनु भएको छ । पाँचथरको फिदिम नगरपालिका–३ स्थित लालिखर्कमा होमस्टे (घरबास) महासंघ कोशि प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा कोशी प्रदेशका विभिन्न सामुदायिक होमस्टेमा आवद्ध होमस्टे सञ्चालकहरुको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना

गणेश घिमिरे असार २७, इलाम      इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको

रैथाने बालीको परिकारको प्रर्दशनीमा ढिडोदेखि चाम्रे सम्म

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको