दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

 कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएकाहुन् ।

‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उनले भने, यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम नै छ । ’मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्यहुनु पर्छ ।उनले भने, विदेशमाश्रम पसिनाबगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमाचन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’

विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उनले सुनाए । मुख्यमन्त्री कार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समानव्यवहार गर्न निर्देशनसमेत दिएकाहुन् । ‘श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन । उनले भने, त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवध छ ।’

विदेशमा काम गर्ने र यहाँकाम गर्नेमा पनि समान व्यवहार नरहेको उनको भनाइ थियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन । मुख्यमन्त्री कार्कीले भने, खुल्ला अर्थतन्त्रमा जुन देशमा जे हुन्छ त्यही बिक्री हुन्छ । श्रम बजारमा आफ्नो हैसियत अनुसार श्रम बेचेर आर्जन गर्ने खुल्लाश्रम बजार छ ।’

बंगलादेश, भारत लगायतका देशबाट आएर काम गर्ने विदेशी नागरिकले अपराध गर्याे भने कारवाही हुन्छ तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मानदिनुका साथै सुरक्षाप्रदान गर्ने उनले प्रतिबद्धता जनाए । सरकारले सीप विकासका साथै दक्ष जनशक्ति उत्पादन गर्न र वैदेशिक रोजगारीमा गएकाहरूका  १० वर्षमुनिका बालबालिकाको प्रदेश सरकारले निःशुल्क उपचार सुरू गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाशन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुरक्षित आप्रवाशनका लागि यस प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताए ।

सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा प्रदेश सरकारले स्रोत केन्द्र स्थापना गर्ने तयारी छन् भने ओखलढुंगा, धनकुटा र तेह्रथुममा पालिकाहरूले स्थापना गरेको र बाँकी जिल्लामा सामी परियोजनाले सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको पोखरेलले बताए ।
 

प्रतिकृया दिनुहोस

स्वास्थ्य खबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापालाई

इलाम, भदौ २३ स्वास्थ्य खबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापाले प्राप्त गर्नुभएको छ । दिगो विकास लक्ष्यमा योगदान पु¥याएको भन्दै थापालाइ

सधैं चुनावी एजेण्डा बनाइने इलाम अस्पतालको अवस्था कहिले सुध्रिएन

गणेश घिमिरे भदौ २१, इलाम  इलाम जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पताल हो, इलाम अस्पताल । अस्पतालको भवन देख्दा लाग्छ, यो अपस्ताल निकै सुबिधा सम्पन्न र

घर घरमै पुगेर स्वास्थ्य सेवा दिँदै वडा कार्यालय

गणेश घिमिरे साउन १७, इलाम  यो आर्थिक बर्षबाट स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरीकलाई घरमै पुरेर इलाम नगरपालिका वडा नम्बर ८ ले स्वास्थ्य