दुुख सुखको साहारा बन्दै छिमेकी
![](https://nepalbani.org.np/uploads/news/images/2072425882IMG_3250.jpeg)
गणेश घिमिरे
पुष ९,इलाम
सहकारीको बिकास र सदस्यलाई आर्थिक र ब्यबसायिक बनाउन छिमेकी बचत तथा ऋण सहकारी संस्था इलामले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बिभिन्न बिधामा सेवा बिस्तार गर्दै आएको संस्थाले तत्काल आफनै भवनबाट सेवा प्रवाह गर्न अन्तिम तयारीमा जुटेको छ । एक करोड १७ लाखमा घर÷जग्गा खरीद गरेर आउँदो फागुन÷चैत्र महिनाबाट संस्थाले आफनै भवनबाट सेवा प्रबाह गर्ने भएको हो ।
८ सय ७५ जना शेयर सदस्य रहेको संस्थाले यो आर्थिक बर्षमा ६ करोड १५ लाख ४१ ह्जार ४ सय ८१ रुपैंयाँको कारोबार गरेको छ । आफना सदस्यलाई उक्त सहकारीले आकस्मिक रुपमा एक महिनाका लागि १० हजार रुपैंयाँ निब्र्याजि सापटि दिँदै आएको, सदस्यको मृत्यु भएमा १० हजार सहयोग रकम दिँदै आएको, शेयर सदस्य सुत्केरी भएमा दुइ पटकसम्म सुत्केरी खर्च बापत ३ हजारका दरले दिँदै आएको छ भने शारिरीक अपाङ्गता एवं बिभिन्न दुर्घटनामा घाईते हुने सदस्यलाई पनि आर्थिक सहयोग गर्दै आएको संस्थाका अध्यक्ष देवनारायण बरालले बताउनुभयो ।
हालसम्म ३ करोड ५३ लाख ७५ हजार ११ ७७ रुपैंयाँ ऋण लगानी गरेको उक्त संस्थाले सदरमुकाममा सोमबार आफना १५ बार्षिक साधारण सभा गरेको छ । सभाको उद्घाटन सत्रमा बिभिन्न बिधामा १९ जना ब्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान एवं पुरस्कृत गरेको छ । जसमा बाल बचतमा मन्दिप शिबाकोटी, गतबर्षको एसइइमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका छोराछोरीहरु दुर्गा थापा, शुसान्त चौलागाइँ, सानिया देवान, मन्दिप शिबाकोटी र अपेक्षा उप्रेतीलाई सम्मान एवं पुरस्कृत गरेको छ । यस्तै जेष्ठ शेयर सदस्यतर्फ निर्मला प्रसाई, साबित्रा खनाल र सितादेवी कटटेल, अपाङ्ग शेयर सदस्य बाटुलीमाया बाँनियाँ पौडेल, एकल महिला शेयर सदस्य चन्द्रमाया शिबाकोटी, बिमला दर्लामि, शिक्षा क्षेत्रमा योगदान पुरयाउने शेयर सदस्यहरु गुरुप्रसाद दाहाल, श्रीनारायण बराल, शरदकुमार पराजुली, असल ऋणितर्फ यामबहादुर पौडेल, उत्कृष्ट ब्यबसायि गोमा सुबेदी, नियमित मासिक बचत र नियमित दैनिक बचतकर्ता मुना गजुरेल र प्रतिभा पोख्रेललाई सम्मान एवं पुरस्कृत गरेको संस्थाका ब्यबस्थापक अर्जुन कुमार शिबाकोटीले जानकारी दिनुभयो । यस्तै संस्थाको भवन खरीद सहित संस्थाको आर्थिक समृद्धिमा थप टेवा पुरयाउने हेतुले संस्थामा ५० हजार रुपैंयाँभन्दा माथि शेयर खरीद गर्ने ७७ जना सदस्यलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ । यस्तै संस्थाको जग्गा बिक्रि र भवन खरीद प्रकृयाको आर्थिक ब्यबस्थापनलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाले संस्थाका उपाध्यक्ष कोष ब्यबस्थापन एवं आर्थिक उप समितिका संयोजक अनिरुद्र मैनालीलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको सचिब मुकुन्द गुरागाइँले जानकारी दिनुभयो । सम्मानित एवं पुरस्कृत ब्यक्तित्वहरुलाई संघिय संसद महेश बस्नेत र इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल लिम्बूले सम्मान एवं पुरस्कार प्रदान गर्नुभयो । संस्थाका अध्यक्ष देबनारायण बरालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिबेदनमा संस्थाले भावि दिनमा बचत रकम बृद्धि गर्न शैक्षिक, महिला, चाडपर्व, जेष्ठ नागरिक बचत गर्दै बचतको दायरा बढाउने बताउनुभयो । सभामा कोषाध्यक्ष भगिरथ कटटेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/515798463449320227_503941618636243_740503544480952445_n.jpeg)
चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने
गणेश घिमिरे साउन १०, इलाम पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/124781340ambulance.jpeg)
सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा
गणेश घिमिरे असार २७, इलाम इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/1878900198pasu..jpeg)
इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो
गणेश घिमिरे असार २७, इलाम इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता
प्रतिकृया दिनुहोस