नारी दिवसमा इलाममा सम्मान

गणेश घिमिरे
फागुन २५, इलाम
शुक्रबार १ सय १४ औँ अन्तर्राष्ट्रिय नारि दिवस । इलाम सहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइयो । इलाममा पनि बिभिद कार्यक्रम भएका छन् । इलाम नगरपालिकामा इलाम नगर महिला समन्वय समिति इलामले दिवसको अवसरमा ६ जना महिलाहरुलाई सम्मान गरेको छ । पूष्पा खनालको अध्यक्षता एवं इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्र, उद्यमि, सामाजिक लगायतको क्षेत्रमा योगदान पुरयाउने कल्पना ओली, उषा निरौला, दिपा आचार्य ढकाल, माया भटटराई, सिला कुमारी राई र मन कुमारी मुखियालाई सम्मान गरेको हो । कार्यक्रम हुनुपूर्व ठूलो टुडिखेलबाट रयाली निकालिएको थियो ।
हरेक बर्ष मार्च ८ मा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै आइएको छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि हुने श्रमशोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको छ ।

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
इलाम, बैशाख ९, इलाम राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७

गैससलाई चलायमान बनाउ अग्रसर बर्तमान कार्यसमिति, पहिलो पटक भित्ते पात्रो प्रकाशन
गणेश घिमिरे चैत्र ३१, इलाम गैरसरकारी संस्था महासंघ नेपाल इलाम शाखाले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ ।

इलाममा सडक फुड फेस्टिबल सुरु
गणेश घिमिरे चैत्र ३१, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ
प्रतिकृया दिनुहोस