मतदाता समक्ष खड्का मत माग्न ब्यस्त, नेम्वाङ परिचय गर्दै

गणेश घिमिर
चैत २६, इलाम 
नेपाली कांग्रेस इलामले चुनावी प्रचारप्रचारलाई व्यापक बनाएको छ । बैशाख १५ गते हुने उपनिर्वाचनको मिति नजिकिएसँगै कांग्रेसले सामाजिक सञ्जाल सहित बिभिन्न माध्यमबाट चुनावी अभियानलाई तीब्रता दिएको हो । काँग्रेसका उम्मेद्धार डम्बर खड्का यतिखेर गाउँ गाउँमा मतदाता समक्ष मत माग्न ब्यस्त हुनुन्छ । यस क्षेत्रको भूगोल, रहनसहन, जीवनशैली लगायतका कुरामा पोख्त हुनुभएका उम्मेद्धार खड्काले मतदाता समक्ष दुख सुखका बारेमा भलाकुसारी गर्दै आफना एजेण्डाहरु मतदाता समक्ष सुनाउँदै आउनु भएको छ । बिकासप्रेमि एवं समाजसेवी नेताको छवि बनाउनु भएका खड्का यस क्षेत्रका मतदाताका लागि चिर परिचित अनुहार हो । जसले गर्दापनि खड्कालाई यसपटक चुनाव जित्न निकै सहज देखिएको छ । काँग्रेससंगै अन्य दलले पनि चुनावी प्रचारलाई तिब्रता दिँदै गएको छ ।

काँग्रेसको प्रमुख प्रतिष्पर्धी दल मानिएको एमालेले पनि चुनावी प्रचारलाई तिब्रता दिएको छ । एमालेले स्वर्गिय सुबासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेद्धार बनाएको छ । तर यस क्षेत्रका लागि सुहाङ नेम्वाङ मतदाताका लागि नयाँ अनुहार हुन् । उनी यस क्षेत्रको भूगोल, रहनसहन, जीवनशैली लगायतका कुरामा अनबिज्ञ छन् । बाबुको निधनपछि राजनीतिमा प्रबेश गरेका सुहाङको राजनैतिक अनुभव कमै मात्र छ । जसले गर्दा पनि यतिखेर एमाले उम्मेद्धार सुहाङलाई मतदाता समक्ष आफूलाई परिचित बनाउँदै हिँड्नुपर्ने बाध्यता छ । एकातिर पटक पटक यसै क्षेत्रबाट चुनाव जित्नुभएका सुहाङका बाबु सुबास नेम्वाङले यस क्षेत्रमा खासै काम नगरेको आरोपले गर्दा पनि सुहाङलाई अप्ठेरो परिरहेको नेम्वाङसंगै मत माग्न हिँडेका एमालेका नेता कार्यकर्ता बताउँदै आएका छन् ।

उपनिर्वाचनमा अर्को प्रतिष्पर्धी दल मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियानलाई तीब्र बनाइरहेको छ । रास्वपाले मिलन लिम्बूलाई उम्मेद्धार बनाएको छ । माओबादी पृष्ठभूमिका लिम्बू पत्रकारीता छाडेर राजनीतिमा होमिएका हुन् । पहिला स्वतन्त्र चुनाव लड्न हिँडेका लिम्बू अन्तत रास्वपाबाट चुनावमा होमिएका हुन् । माङ्सेबुङ गाउँपालिकाका स्थायी बासिन्दा भएपनि लिम्बू लामो समयसम्म काठमाडौंमै बसेर पत्रकारीता गर्दै आएका थिए । जसले गर्दापनि लिम्बू यस क्षेत्रका लागि कम परिचित उम्मेद्धारका रुपमा रहँदा उनलाई पनि चुनाव जित्नका लागि निकै कठिन देखिएको छ । 
 

प्रतिकृया दिनुहोस

जेठ ११ बाट इलाममा ए डिभिजन जिल्ला लिग, पाँचवटा क्लब रेलिगेसनमा पर्ने

गणेश घिमिरे जेठ ४, इलाम  अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार इलाममा आउँदो जेठ ११ देखि १९ गतेसम्म जिल्ला ‘ए डिभिजन लिग’ फुटबल

देउसिको रकम र जनश्रमदानबाट हात्तीटारमा सामुदायिक भवन बन्दै

गणेश घिमिरे जेठ ३, इलाम  इलामको माईजोगमाई गाउँपालिका ४ नामसालिङ स्थित हात्तीटारमा बहुउद्येश्यिय सामुदायिक भवन निर्माणको काम तीब्र भइरहेको छ ।

महिलालाई आत्मनिर्भर बनाउन सूर्योदयमा पिठो बनाउन सिकाइयो 

गणेश घिमिरे बैशाख २९, इलाम महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्येश्यले बिभिन्न सिपमूलक तालिमहरु प्रदान गरीदै आएको छ । इलाम जिल्लाका दशै