१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे
चैत २६, इलाम 
इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन गर्न लागिरहेको १३ बर्ष मुनिको छात्र÷छात्रा फूटबल छनौटमा इलामबाट पनि खेलाडी छानिएको थियो । एन्फा र जिल्ला फूटबल संघले आयोजना गरेको छनौटमा इलाम जिल्लाबाट जम्मा ६२ जना खेलाडी प्रदेश स्तरीय छनौट खेल्नका लागि छानिएका छन् । जसमा छात्र ५३ जना र छात्रा ९ जना रहेका छन् । कोशि प्रदेश फूटबल संघका उपमहासचिब पूर्ण फत्र लिम्बूका अनुसार छनौटमा परेका खेलाडीहरुले दोस्रो चरणको छनौट खेल धरानको एन्फा टेक्निकल सेण्टरमा हुने जानकारी दिनुभयो ।

प्रदेश स्तरीय छनौटबाट छनौटमा परेका खेलाडीहरुले अन्तिम चरणको छनौट खेल काठमाडौंमा हुनेछ । त्यहाँ छनौट भएका खेलाडीहरुलाई एन्फा एकाडेमिबाटै फूटबलको पं्रशिक्षण हुनेछ भने शिक्षादिक्षा समेत एकाडेमिबाटै हुनेछ । जिल्ला फूटबल संघका अध्यक्ष बिक्रम श्रेष्ठले यस किसिमको छनौटले बालबालिकाभित्र लुकेका प्रतिभालाई निखार्दै भबिष्यमा फूटबलको बिकासमा योगदान पुग्न मद्धत पुग्ने बताउनुभयो । उहाँका अनुसार धरानमा हुने छनौट खेलमा छात्राको यहि चैत २८ गते छात्रको चैत २९ र ३० गते हुनेछ । 

प्रतिकृया दिनुहोस

इलाम गोल्डकपमा सहभागि जनाउने खेलाडीको रेडहर्षले गरयो दुर्घटना बीमा 

गणेश घिमिरे मंंसिर १८, इलाम  इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा खेलाडीको

इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप पनि हुँदै

गणेश घिमिरे   मंसिर ११, इलाम      इलाममा आउँदो मंसिर २२ देखि २९ गतेसम्म हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको खेल तालिका सावजनिक गरीएको छ ।

चेस खेलमा होटल ब्यबसायि संघको चासो, शुक्रबार जिल्ला स्तरीय प्रतियोगिता 

गणेश घिमिरे मंसिर ६, इलाम  इलाममा चेस (बुद्धिचाल) खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघ इलामले पनि चासो देखाएको छ ।