सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे
बैशाख ४, इलाम 
इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा हेरीएको छ । तर यी दुई ठूला दललाई चुनाव जित्न भने त्यति सजिलो भने पक्कै छैन । काँग्रेसबाट पार्टीका जिल्ला सभापति डम्बर खड्का र एमालेबाट स्वर्गीय सुबासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई मुख्य प्रतिष्पर्धी ठानिएको हो । खड्का २०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजित बन्नु भएको थियो ।             पिता नेम्वाङसँग टेस्ट म्याच खेलेका खड्काले अब ‘फाइनल खेल’ छोरा सुहाङ नेम्वाङसँग खेल्नुपर्ने भएको छ । यद्यपि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम पनि कांग्रेस– एमालेका लागि भोट काट्ने चुनौती बनेर उभिएका छन् । २०७९ को चुनावमा एमालेका नेम्बाङले ३० हजार २० र कांग्रेसका खड्काले २९ हजार ९०६ मत ल्याउनुभएको थियो । यो पटक पनि कांग्रेसले पुरानै उम्मेदवार खड्कालाई नै २०७९ को निर्वाचनमा कम्पाट पाएको भन्दै पुनः एकपटक मौका दिएको छ । 
        उम्मेद्धार खड्काको छोटो परिचय 
खड्का इलाममा २०३२ सालमा जन्मिएका हुन् । कलिलै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उहाँ किसान परिवारमा हुर्किएका व्यक्ति हुन् । सात पुस्ता इलाम बस्नुभएका उहाँहरु इलाम क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन् । २०७९ को प्रतिनिधि सभा अघि २०७४ मा प्रदेश सांसद लड्नु भएका खड्कालाई यी दुवै चुनाव फापेन । खड्काको राजनीतिक यात्रा भने करिब चार दशकभन्दा बढी भइसकेको छ । निर्माण ब्यबसायसंगै राजनीतिमा सक्रिय खड्काले अहिले आफ्नो व्यवसाय छोराहरुलाई सुम्पिनु भएका ४९ वर्षिय अहिल राजनीतिमा सक्रिय हुनुन्छ । २०४१ सालमै आदर्श उच्च मावि इलाममा नेविसंघको सभापति भएर राजनीतिक यात्रा सुरु गर्नुभएका खड्काले  प्रजातन्त्र प्राप्तिका लागि ०४६ सालको आन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा जेल जीवन समेत बिताउनु भएको थियो । नेविसंघको जिल्ला सभापतिदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षसम्म हुनुभएका खड्का पार्टीको राजनीतिमा फर्किएर इलाम जिल्ला कोषाध्यक्ष हुँदै हाल जिल्ला सभापति हुनुन्छ । खड्कालाई देउवा निकट भनेर चिनिए पनि उहाँ गुटविहीन राजनीति गर्नुपर्छ भन्नेमा विश्वास गर्नुहुन्छ । इलाम २ को भूगोल बुझेका खड्का आफ्नो क्षेत्रका जनताको हरेक घरघर पुग्नु भएको छ । राजनीति गर्नुपर्ने मान्छेले जनताका हरेक समस्या थाहा पाउनुपर्ने उहाँको मान्यता छ । उहाँले यस प्रदेशको नाम सर्बस्विकार्य हुनुपर्ने आवाज उठाउँदै आउनु भएको छ । 
 

प्रतिकृया दिनुहोस

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे बैशाख ८, इलाम      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट

मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’ 

गणेश घिमिरे चैत २७, इलाम इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा

१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे चैत २६, इलाम  इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन