खानेपानी उपलब्ध गराउन सहयात्रा र स्थानीय सरकारको सक्रियता

गणेश घिमिरे
जेठ २८, इलाम 
    पहाडी भेगका अधिकांश बस्तीले धेरथोर झेल्दै आएको समस्या हो– खानेपानीको अभाव । धेरै परिवार बर्खायाममै पनि स्वच्छ खानेपानीको पहुँचबाट टाढा छन । सुक्खायाममा त भएका मुहानसमेत सुक्छन । खाना पकाउने र पिउने पानीकै जोहो कसरी गर्ने पिरलोमा गुज्रनुपर्छ । खेतीपाती आकाशेपानीमा निर्भर हुँदै गएको छ ।                     

पहाडी क्षेत्रमा बसाइँसराइ दर निरन्तर बढ्नुको एउटा मुख्य कारण खानेपानी अभाव पनि हो । सडक लगायतका पूर्वाधार जथाभाबी निर्माणले मुहानहरु सुक्ने क्रममा रहेको छ । खानेपानी ओसार्न घण्टौं धाउनुपर्ने, लाम लागेर पानी थाप्नुपर्ने बाध्यता चुलिँदो छ । बल्लतल्ल ल्याइएको पानी स्वच्छ छ कि छैन भन्नेतिर सोच्नसमेत सक्ने अवस्था छैन । यस्तै समस्या छ इलाम नगरपालिकाको वडा नम्बर १ को साँखेजुङ र वडा नम्बर १२ को साङरुम्बाका केही बस्तिहरु । यी ठाउँका मुहानहरु सुक्ने क्रममा छ । पिउने पानीको अभाव संगै सिंचाईको समेत अभाव छ । खानेपानीको अभाव बढ्दै गएपछि स्थानीय सरकारसंगै जिल्लामा क्रियाशिल गैर सरकारी संस्था सहयात्रा नेपालले टेवा काठमाडौंकोे आर्थिक सहयोगमा बस्तीबासिलाई  खानेपानी मुहानको संरक्षण संगै उपभोक्ताको घर घरमा पानी पुरयाउन पहल गरिरहेको छ । साँखेजुङ्गमा १६ लाख ६९ हजार रुपैंयाँको लागतमा हिलेखोला रसाइली गाउँ गुरुङ्गगाउँ, खानेपानी आयोजना निर्माण गरेको छ । योजना निर्माण गर्न इलाम नगरपालिकाबाट ८ लाख ३४ हजार, सहयात्रा नेपालबाट ५ लाख र ३ लाख ३५ हजार रुपैंयाँको जनश्रमदानबाट  भएको वडा नम्बर १ का वडाध्यक्ष गायत्री बस्नेतले बताउनुभयो । योजना सम्पन्न पछि सो बस्तिमा खानेपानीको अभाव टरेको छ । धारामा पानी आएपछि टाढाबाट पानी बोकेर पिउनुपर्ने बाध्यताबाट मुक्त भएको र घरको काम समेत भ्याउन थालेको स्थानीय उपभोक्ता मुना खत्रीले बताउनुभयो । अझै त्यस वडाका केही बस्तिमा धारा जडान गरिसकेको र पानी पुरयाउन लागि काम भइरहेको छ । सो योजनाबाट ५६ घरधुरी लाभान्वित भएका छन् । २० हजार लिटर क्षमताको टयाङ्कि निर्माण गरेर घर घरमा धारा जडान गरेर पानी पुरयाइएको छ ।                             

सहयात्रा नेपालले टेवा नेपाल काठमाडौंकौ आर्थिक सहयोग संगै स्थानीय सरकारसंग समन्वय गरेर खानेपानी योजना निर्माण गर्दै आएको छ । हालसम्म जिल्लाका बिभिन्न पालिकामा ६ वटा खानेपानी योजना निर्माण गरीसकेको संस्थाले एक घर एक धाराको अवधारणाका साथ योजना निर्माण गर्दै आएको संस्थाकी अध्यक्ष हेमकुमारी (गंगा) शिबाले बताउनुभयो । यस्तै खानेपानीकै अभाव झेल्दै आएको वडा नम्बर १२ स्थित साङ्गरुम्बा स्थित नरसिंह गाउँमा पनि खानेपानीको चरम अभाव छ । त्यस भेगमा रहेका करिब २८ घरधुरी करिब डेढबर्ष अघिबाट खानेपानीको अभावमा पिरोलिएका छन् । बस्तिमा रहेका करिब ३÷४ वटा खानेपानीको मुहानहरु सुकेपछि त्यहाँका बासिन्दाले सोहि वडाकै अर्को बस्तिमा रहेको २१ सय मिटर टाढाको मुहानबाट पानी ल्याएर उपभोग गर्दै आएको छ । मुहानबाट ४० एमएमको पाइपमा पानी ल्याउन वडाले ५ लाख रुपैंयाँ सहयोग र जनश्रमदान गरेका थिए । तर मुहानको राम्रो ब्यबस्थापन हुन नसक्दा पानीको उचित प्रयोग गर्न पाएका छैनन् । खानेपानीको अभाव बढिरहँदा सिंचाईको अभाव पनि बढ्दो छ । खानेपानीको अभाव टार्न स्थानीय सरकार र बिभिन्न संघ संस्थाले पहल गरिदनुपर्ने स्थानीय निशा घिमिरे बताउनुहुन्छ ।                                         

अब मुहानको ब्यबस्थापन संगै त्यस बस्तिको २८ घरधुरिमा धारा जडान गरेर सहज रुपमा पानीको आपूर्ती गराउन सहयात्रा नेपालले नै आर्थिक सहयोग गर्ने भएको छ । त्यहाँ रहेको नरसिंह गाउँ जोरधारा दर्जीगाउँ खानेपानी योजना निर्माणका लािग संस्थाले ५ लाख रुपैंयाँ सहयोग गर्नेछ भने उपभोक्ताले करिब २५ देखी ३० प्रतिशत जनश्रमदान गर्ने भएका छन् । योजना अन्तर्गत मुहान संरक्षण र १६ हजार लिटर क्षमताको टयाङ्कि निर्माण हुने । त्यहाँबाट समान रुपमा सबै घर घरमा पानी बितरण गरिने भएको छ । 

प्रतिकृया दिनुहोस

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता

इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा 

गणेश घिमिरे असार २६, इलाम      इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर

इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे असार २१, इलाम  कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक