इलाम नगरको बजेट १ अर्ब १३ करोड

गणेश घिमिरे
असार ९, इलाम 
    इलाम नगरपालिकाको १५ औं नगर सभाबाट आगामि आर्थिक बर्ष ०८१÷०८२ लागि एक अर्व १३ करोड ५९ लाख ९७ हजार रुपैंयाँको बजेट बिनीयोजन गरीएको छ । नगर उपप्रमुख बिष्णु कुमारी लिम्बू दाहालले राजश्व समेतको आम्दानी गरेर सो बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । जसमा प्रशासनिक खर्चतर्फ १४ प्रतिशत, पूर्वाधार बिकासतर्फ २६ प्रतिशत, सामाजिक बिकासतर्फ ४९ प्रतिशत, आर्थिक बिकासतर्फ ६ प्रतिशत, शुसासन तथा अन्तर सम्बन्ध क्षेत्रतर्फ ३ प्रतिशत, बन बाताबरण तथा बिपद ब्यबस्थापनतर्फ २ प्रतिशत रहेको छ । खर्चको प्रकृतिको आधारलाई हेर्दा चालु प्रकृतिको खर्च ६४ प्रतिशत, पूजिगत प्रकृतिको खर्च ३५ प्रतिशत र बित्तिय ब्यबस्थातर्फ १ प्रतिशत रहेको छ ।         बजेटमा मौजुदा करको दरभन्दा दायरा बढाउने नीति लिइएको, राजस्व असुलीमा प्रभावकारिता कायम तथा सम्भावित चुहावट नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने रणनीति लिइएको बताइएको छ । बजेटले नयाँ करका क्षेत्र पहिचान गरी राजस्व आधार बढाउने नीति लिइएको छ ।

कर सहुलियत तथा छुटमार्फत् कर सहभागिता वृद्धि गर्ने रणनीति छ । सामाजिक रूपमा संरक्षण गर्नुपर्ने वर्गलाइ छुट र सहुलियत प्रदान गर्ने व्यवस्था समेत गरिएको नगर प्रमुख दाहालले बताउनुभयो । यता सभाले आगामि आर्थिक बर्षको निती तथा कार्यक्रमहरु पेस गरेको छ ।  जसमा पूर्वाधार बिकास, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । निति तथा कार्यक्रम अनुसार आर्थिक बर्ष ०८१÷०८२ मा प्रत्येक वडामा कम्तिमा ५० लाखको लागतमा एउटा नगरको गौरवको योजना निर्माण हुने भएको छ । नगर प्रमुख केदार थापाद्धारा प्रस्तुत गरिएको निती तथा कार्यक्रम अनुसार १२ ‘विशेष प्रस्ताव’ पेस गरिएको छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्र समेटिएका विभिन्न प्रस्ताव पारित गरेको हो । इलामको दुग्ध उत्पादन निकासी तथा बजारीकरणमा प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने, पूर्वाधारका योजनाको विस्तृत अध्ययन (डिपिआर) गर्नेदेखि विभिन्न क्षेत्रका प्रस्ताव पेस गरीएको हो । यस्तै पत्रकारीता क्षेत्रमा क्रियाशिल भई योगदान दिने पत्रकारलाई पुरस्कृत गनै नगर प्रमुख पत्रकारीता पुरस्कार कोषको ब्यबस्थालाई पनि निरन्तरता दिइएको छ ।           

निती तथा कार्यक्रम अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन हुनेछ भने झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिने, कच्चि घरहरुको अभिलेखिकरण गर्ने, नगर भित्रका बजारहरु फूटपाथ निर्माण र सौन्दर्यकरणलाई निरन्तरता दिने, एकल महिलाको नाममा दर्ता भइ सञ्चालन हुने ब्यबसायमा १० प्रतिशत कर छुटको ब्यबस्था गर्ने, बालबालिका तथा जेष्ठ नागरिकसंग उपप्रमुख कार्यक्रम सञ्चालन गर्ने, अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर १० मा कृषि संकलन केन्द्र स्थापना गर्ने, पाटेनागीमा होमस्टे स्थापना संचालका लागि कार्यक्रम गर्नेनिजि क्षेत्रसंगको समन्वयमा बिभिन्न स्थानमा टि टेस्टिङ्ग सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु निती तथा कार्यक्रममा समेटीएका छन् । सभामा अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको बिधेयक अर्थ समिति संयोजक काजीबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । यता सभामा पास भएका बजेट तथा निती तथा कार्यक्रममाथि भएको छलफल भएको थियो । 


छलफलमा खड्ग राई, मोहन गुरुङ, राजन देवान, मिना दाहाल, सरिता दर्जी, सुनील गुरुङ्ग, सुबर्ण खड्का, बिमल बैद्य, कमला बराल, लोकबहादुर थापा र नेत्र घिमिरेले बोल्नु भएको थियो । सभामा नगर प्रबक्ता नुतनदेव दुलालले धन्यबाद ज्ञापन प्रस्तुत गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर

गणेश घिमिरे साउन २३, इलाम  बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न

इलाममा पनि मनाइयो चौथो कोदो दिवस

गणेश घिमिर साउन १५, इलाम  इलाममा रैथाने बाली कोदो प्रवर्द्धनका लागि इलाममा चौथो राष्ट्रिय कोदो दिवस मनाइएको छ । इलामको देउमाई नगरपालिका स्थित