इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा 

गणेश घिमिरे
असार २६, इलाम 
    इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चिताका लागि स्वास्थ्य कार्यालयले खोप लगाउन छुटेका बालबालिकाहरूको सर्वेक्षण गरी खोप लगाउने अभियान संचालन गरेको थियो ।                         

खोप लगाउन छुटेका एवं शुन्य डोज भएका बालबालिकाहरुको संख्या पनि जिल्लामा नभइसकेपछि इलामलाई सदरमकाममा एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरीएको स्वास्थ्य कार्यलय इलामका प्रमुख आदित्य शाक्यले बताउनुभयो । खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको कार्यालयका खोप निरीक्षक गंगााधर पण्डितले जानकारी दिनुभयो । खोप समन्वय समिति एवं जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले जिल्लाका दशवटै स्थानीय तहका ० देखि १५ महिनाका १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो ।       

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । इलाम जिल्लालाई २०७२ सालमा पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै आएको छ । यस घोषणाले नेपाल सरकारको पूर्ण खोप सुनिश्चित राष्ट्र बनाउने लक्ष्यलाई थप बल पुगेको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । यसैगरी जिल्लाका गाउँ गाउँमा रहेर स्वास्थ्य सेवामा अनवरत खटिने स्वास्थ्य महिला स्वंसेवीकामध्ये अवकास पाएका २७ जना स्वंसेवीकालाई पनि सोहि कार्यक्रमको अवसर पारेर सम्मान गरीएको थियो । 
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने