इलाम गोल्डकपको तयारी सुरु, सम्बन्धित निकाय मौन, रेडहर्षले नै सुरु गरयो मैदानको स्तरोन्नती 

गणेश घिमिरे
कात्तिक १२÷इलाम 
आउँदो मंसिर २२ देखि २९ गतेसम्म इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको तयारी सुरु भएको छ । मेची पहाडकै सबैभन्दा धेरै धनराशि पुरस्कारको गोल्डकप हुने इलाम सदरमुकामको ठूलो टुडिखेलको हालत भने जिर्ण छ । त्यहि जिर्ण मैदानको अहिले स्तरोन्नतीको काम सुरु गरीएको हो । जुन काम गोल्डकप आयोजक संस्था रेडहर्ष फूटबल क्लब इलामले नै गरीरहेको छ । जिल्लामा स्तरीय मैदानको अभाव छ ।

जिल्लाकै एकमात्र ठूलो टुडिखेलको अवस्था पनि अत्यन्त जिर्ण छ । तरपनि यस मैदानको स्तरोन्नतीका लागि तीनै तहका सरकारको आँखा पुग्न नसक्नु सिंगो जिल्लाबासिकै लागि दुखद हो । यस मैदानमा जसले ठूला ठूला गोल्डकपको आयोजना गर्छ, त्यहि आयोजक संस्थाले चन्दाको भरमा काम चलाउको रुपमा बर्षेनि लाखौं रुपैंयाँ खर्चेर मैदानको स्तरोन्नती गरेर गोल्डकप गर्नुपर्ने बाध्यता बिगतदेखिकै छ । बिगतमा यहि मैदानमा भएको माइभ्याली गोल्डकप आयोजना हुँदा माइभ्याली फूटबल क्लब र गतबर्षदेखि इलाम गोल्डकप हुँदा रेडहर्ष फूटबल क्लबले मैदानको स्तरोन्नती गरेर प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । सोहि क्रममा यसबर्ष हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको निम्ति पनि रेडहर्ष फूटबल क्लबले मैदानको स्तरोन्नती सुरु गरेको हो । मैदानको पूर्वी दिशाको दक्षिणि भागमा पहिरो गएपछि हाल पहिरो गएको स्थानमा १० मिटर वाल लगाउन थालेको क्लबले जनाएको छ । दाताहरुको सहयोगमा रकम संकलन गरेर वाल लगाउन थालेको हो । सो वाल मात्र लगाउनका लागि करिब १० लाख खर्च लाग्ने क्लबका सचिब प्रकाश घिमिरेले बताउनुभयो । यस्तै मैदान भित्रको चौरी सम्याउने, मैदानको उत्तरी दिशामा दर्शक बस्न बनाईएको ठाउँलाई गरागरा बनाउने काम पनि सुरु भएको छ । यसैगरी दर्शकका लागि बाँसको अस्थायि प्याराफिट निर्माणको काम अब केही समयपश्चात सुरु गरीने बताइएको छ । मैदानको स्तरोन्नतीदेखि अस्थायि प्याराफिट निर्माण, खेल्नयोग्य मैदान बनाउनका लागिमात्र जम्मा १५÷१६ लाख रुपैंयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । दाताकै भरमा सञ्चालन हुन लागेको गोल्डकपमा करिब एक करोड रुपैंयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

गोल्डकपका लागि आयोजकले जिल्लाका स्थानीय र प्रदेश सरकारसंग सहित देश बिदेशमा रहेका नेपाली, सरकारी÷गैरसरकारी निकायसंग सहयोगको हात फैलाउने जनाएको छ । अहिले आयोजक प्रायोजकको खोजिमा रहेको छ । जिल्लामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने तथा इलामलेलाई राष्ट्रिय स्तरका क्लब र त्यसमा आबद्ध राष्ट्रिय फूटबल खेलाडीको खेल कौशलको आनन्द दिन लाग्ने अभिप्राय बोकेको आयोजक हरेक बर्ष दाताकै भरमा गोल्डकप सञ्चालन गराउनुपर्ने बिडम्बनाबाट कहिले मुक्त हुन सकेका छैनन् । यसतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । यता यबर्ष हुन लागेको इलाम गोल्डकपमा नेपाल र भारतका आठवटा टिमहरुले सहभागिता जनाउँदैछ । आयोजकका अनुसार चर्च ब्वाइज, संकटा, मच्छिन्द्र, एनआरटि, त्रिभुवन आर्मी, झापा, आयोजक र भारतको एकटिम रहनेछ । यस गोल्डकपको बिजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछन् । यसपटक आयोजकले पुरस्कार राशि दोब्बर बनाएको हो । यता क्लबले गोल्डकपमा आर्थिक सघाउ पुरयाउने गरी इलाम चोक बजारमा बिभिन्न संस्थाको साझेदारीमा बिङ्गो समेत खेलाउँदै आएको छ । क्लबले पारदर्शी ढंगमा यसबर्ष बिङ्गोको हिसाब किताब हरेक दिन सार्वजनिक गर्र्दै आएको छ । यस्तै क्लबले चोक बजारमा रहेको चौतारी र चिया टिप्दै गरेको महिलाको शालिक परिसरमा रङ्गरोकन समेत गरेको क्लबका उपाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । बिगतमा जस्तो बिङ्गोको रकममा हुनसक्ने अनियमितताबारे क्लब सतर्क बनेको छ । 
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने