काजी राई प्रथम हुँदा पूर्व अध्यक्ष लिम्बू र जिल्ला च्याम्पियन पौडेल उत्कृष्ट पाँचमै परेनन्

गणेश घिमिरे

इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ र होटल ब्यबसायि संघ इलामले संयुक्त रुपमा चेस प्रतियोगिताको आयोजना गरेको हो । २४ जना खेलाडीले सहभागिता जनााएको प्रतियोगितामा काजी राई प्रथम हुनुभयो । अन्तिम पाँचौ राउण्डमा यामप्रसाद लिम्बूलाई पराजित गर्दै राईले प्रथम स्थान हासिल गर्दा श्रीकृष्ण लिम्बूले दोस्रो, खड्ग लिम्बू तेस्रो, मनिष पौडेल चौथो र तारानिधि घिमिरेले पाँचौं स्थान हासिल गर्नुभयो ।

यस्तै अन्य बिभिन्न बिधाबाट जम्मा ११ जना खेलाडी बिजयी भएका छन् । बिजयी भएका खेलाडीलाई सदरमुकाममै हुन लागेको होटल ब्यबसायी महासंघ कोशि प्रदेशको अधिबशन उद्घाटनमा पुरस्कार प्रदान गरीने हाटल ब्यबसायी संघ इलामका महासचिब प्रकाश चापागाइँले जानकारी दिनुभयो । पाँच राउण्डसम्म भएको प्रतियोगितामा जिल्ला च्याम्पियन देवी प्रसाद पौडेल ३ अंक जोड्दै छैठौं स्थानमा रहँदा बुद्धिचाल संघ इलामका पूर्व अध्यक्ष यामप्रसाद लिम्बू पनि ३ अंक बटुलेर ७ औं स्थानमा रहनु भयो । पौडेललाई चौथो राउण्डमा मनिष पौडेल र पाँचौ राउण्डमा श्रीकृष्ण लिम्बूले सहज रुपमा हराउँदा याम प्रसाद लिम्बूलाई तेस्रो राउण्डमा देवी पौडेलले कठिन जित निकाल्दा पाँचौं राउण्डमा काजी राईले सहज रुपमा पराजित गर्नुभएको थियो ।

चेस खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाट महासंघका कोशि प्रदेश अध्यक्ष राजन दंगलले गर्नुभएको थियो ।  पछिल्लो समय इलाममा यसखेलप्रति नयाँ नयाँ खेलाडी उत्पादन र जिल्लाका सबै पालिकाहरुमा बुद्धिचाल खेलको बिस्तार बढेसंगै खेलाडीहरुको आकर्षण पनि बढदै गएको हो । प्रतियोगिता स्विस लिगको आधारमा खेलाइएको थियो ।  


 


 

प्रतिकृया दिनुहोस

बैसाख महिनादेखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण

    आउँदो बैसाख महिनादेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) वितरण इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेबाटै हुने

इलाममा सडक फुड फेस्टिबल सुरु

गणेश घिमिरे चैत्र ३१, इलाम     स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना 

गणेश घिमिरे चैत्र २९, इलाम  स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष