इलाम गोल्डकपमा सहभागि जनाउने खेलाडीको रेडहर्षले गरयो दुर्घटना बीमा 

गणेश घिमिरे
मंंसिर १८, इलाम 
इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा खेलाडीको सामुहीक दुर्घटना बीमा गरीएको छ । आयोजक रेडहर्ष फूटबल क्लबले गोल्डकपमा सहभागि जनाउने आठवटा टिमका सबै खेलाडीको दुर्घटना बीमा गरेको हो । आयोजकले इलाममा सञ्चालित नेको इन्स्युरेन्ससंग सम्झौता गरेको क्लबका निवर्तमान अध्यक्ष एवं सल्लाहकार सेवक देवानले जानकारी दिनुभयो । एक टिमका २० जना खेलाडी सहित जम्मा आठवटा टिमका एकसय ६० जना खेलाडीको दुर्घटना बीमा गरेको हो । सम्झौतामा एकजना खेलाडी बराबर पाँचलाख रुपैंयाँका दरले बीमा गरीएको क्लबका महासचिब प्रितम लिम्बूले जानकारी दिनुभयो ।

बीमा अवधि गोल्डकप प्रतियोगिताभरका लागि मात्र लागू रहने क्लबका सचिब प्रकाश घिमिरेले बताउनुभयो । यता जिल्ला फूटबल संघ इलामले पनि जिल्लाका फूटबल प्रतियोगिताका आयोजकलाई पहिलादेखि नै खेलाडीको दुर्घटना बीमा गराउन सचेत गराउँदै आएको संघका जिल्ला उपाध्यक्ष फत्र लिम्बूले बताउनुभयो । खेलाडीहरु पूर्ण असुरक्षित भएर खेलिरहनु पर्ने बाध्यता छ । दुर्घटना बीमा नहुँदा खेलाडीहरु खेल दौरानमा दुर्घटनामा पर्दा उनीहरुले निकै ठूलो आर्थिक भार बोक्न बाध्य भइरहेका छन् । यसैलाई मध्यनजर गरेर रेडहर्ष फूटबल क्लबले पहिलो संस्करणबाटै खेलाडीको दुर्घटना बीमा गर्दै आएको छ ।

यता गोल्डकपको तयारी भने करिब सकिउको क्लबले जनाएको छ । ए डिभिजन फूटबल क्लबका चर्चित क्लब सहित झापा र भारतको चर्चित फूटबल क्लब र त्यसमा आबद्ध चर्चित खेलाडीको खेल कौशल हेर्ने इलामेलीको प्रतिक्षाको घडि अब मात्र तीनदिन बाँकी रहेको छ । यस गोल्डकपको बिजेताले नगद १० लाख उपबिजेताले नगद ५ लाख रुपैंयाँ पुरसकार प्राप्त गर्नेछन् । 
 

प्रतिकृया दिनुहोस

इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप पनि हुँदै

गणेश घिमिरे   मंसिर ११, इलाम      इलाममा आउँदो मंसिर २२ देखि २९ गतेसम्म हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको खेल तालिका सावजनिक गरीएको छ ।

उदोग दिवसमा उद्यमीलाई सम्मान

गणेश घिमिरे मंसिर ९, इलाम  उद्यमीहरुलाई सम्मान गर्दै इलाममा घरेलु तथा साना उद्योग कार्यालयले दशौं उद्योग दिवस मनाएको छ । कार्यालयले जडिबुटि

काजी राई प्रथम हुँदा पूर्व अध्यक्ष लिम्बू र जिल्ला च्याम्पियन पौडेल उत्कृष्ट पाँचमै परेनन्

गणेश घिमिरे इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ र होटल ब्यबसायि संघ इलामले