सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान

गणेश घिमिरे
पुष २७, इलाम 
सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन इलाम नगरपालिकाका उपमेयर एवं जिल्ला सहकारी संघकी पूर्व अध्यक्ष बिष्णु लिम्बू दाहालले गर्नुभयो । संस्थाले सभाको अवसरमा बिभिन्न बिधामा उत्कृष्ट शेयर सदस्य र समहू गरेर ११ जनालाई सम्मान एवं नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । जसमा असल ऋणि तर्फ खगेन्द्र सुबेदी, मासिक बचततर्फ मनमाया देवान, दैनिक बचततर्फ प्रतिभा पोखरेल, खुत्रुके बचततर्फ सफलता लिङ्गदम पुरस्कृत एवं सम्मानित हुनुभयो । यस्तै समूह लालिगुराँस, समूह बौद्य समूह लाई पनि पुरस्कृत गरेको छ । यस्तै गतबर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये दुईजना अदिति दुलाल र मनिष परियारलाई पुरस्कृत गरेको छ । यसैगरी संस्थाका दुईजना जेष्ठ सदस्यहरु तोकबहादुर श्रेष्ठ र लिलाकुमारी बस्याललाई सम्मान गरेको छ । संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा मनकुमारी घिमिरेलाई पुरस्कृत गरेको संस्थाका ब्यबस्थापक कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

सभामा संस्थाकी अध्यक्ष सुभद्रासिंह खत्रीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले ब्यबसायिक क्षेत्र स्थापना गर्ने उद्येश्यले ४ करोड ३४ लाख ऋण लगानीमा रहेको जानकारी गराउनु भयो । हालसम्म ५ दशमलव ३८ प्रतिशत नाफा कमाएको यस संस्थाले इलामनगरपालिका ७ बसपार्क नजिकै संस्था इलाम नगरपालिकाको साझेदारीमा कृषि उपज ।संकलन तथा बजारीकरण० खरीद बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । शेयर सदस्यको मृत्यु भएमा २० हजार सम्म राहात रकम उपलब्ध गराउँदै आएको यस संस्थाबाट ऋण लिएर समयमा फिर्ता नगर्ने शेयर सदस्यलाई सहकारी ऐन अनुसार स्थानीय सरकार अन्तर्गत न्यायिक समितिमा निवेदन पेश गरी ऋण असुलीमा तागेता गर्ने प्रस्ताव पनि अध्यक्ष खत्रीले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा उल्लेख छ । संस्थाले सञ्चालन गरेको खत्रुके बचत निकै प्रभावकारी बन्दै आएको छ । सभामा संस्थाकी कोषाध्यक्ष रोमि पौडेलले ५ करोड १८ लाख २८ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दा लेखा समितिका संयोजक राम मगरले लेखा सुपरीबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नुभयो । संस्था सञ्चालक समिति सदस्य इन्दिरा घिमिरेले स्वागत मन्तब्य राख्नुभएको सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि उपमेयर दाहाल संगै जिल्ला सहकारी संघका कोषाध्यक्ष छबि लम्साल, संस्थाका निवर्तमान अध्यक्ष शुसिला सापकोटा, महिला जागरण संघकी अध्यक्ष अनुजा शिबाकोटी लगायतले संस्थाले शेयर सदस्यो आर्थिक जीवनस्तर उठाउन अथक मेहनत र प्रयास गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । संस्थामा हाल १९ सय ४० जना शेयर सदस्य रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट

गणेश घिमिरे माघ २६, इलाम  मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक

संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी

गणेश घिमिरे माघ २४, इलाम  थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह

गणेश घिमिरे माघ १९, इलाम  महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८