पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै

गणेश घिमिरे
माघ ८, इलाम
पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार मार्फत होटल एशोसिएसन नेपाल कोशि प्रदेशको सहयोगमा होटल ब्यबसायी संघ इलामले दक्ष जनशक्ति उत्पादनमा जोड दिदै १० दिने कुक तालिम मंगलबारबाट इलाम सदरमुकाममा सुरु गरेको छ । बेरोजगार युवालाई लक्षित गरी होटलमा काम गर्ने २० जनालाई पहिलो चरणमा तालिम दिन थालेको हो । उत्पादित कामदारहरु अझ दक्ष बन्ने तथा केही नयाँले तालिम लिएपछि स्वदेशमै स्वरोजगार हुनुका साथै रोजगारी पाउन सक्ने संघका महासचिब प्रकाश चापागाईले बताउनुभयो ।
तालिमपछि कन्टिनेन्टल कुकमा दक्ष बन्ने बिश्वास गरिएको छ । एशोसिएसनका कोशि प्रदेश अध्यक्ष राजन श्रेष्ठले होटलमा दक्ष जनशक्ति उत्पादन गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । दक्ष जनशक्ति उत्पादनले युवालाई रोजगारी मिल्ने तथा होटलमा दक्ष जनशक्ति हुँदा पर्यटन व्यवसाय प्रवद्र्धनमा समेत सघाउ पुग्ने श्रेष्ठको भनाई छ । जिल्लामा ६० भन्दा बढी ठूला होटल छन् । तिनमा २ हजार ३ सय कामदार रहेपनि दक्ष कामदारको संख्या सयभन्दा तल रहेको छ । होटलका कामदारलाई पर्याप्त तालिम छैन, जसोतसो चलाउनु परेको छ । दक्ष जनशक्ति भए होटल ब्यबसाय मात्र नभएर इलामको पर्यटन क्षेत्रमा महत्वपिूर्ण सघाउ पुगोस् भन्ने हिसाबले दक्ष जनशक्ति उत्पादनका लागि यो तालिमको आयोजना गरेको संघका जिल्ला अध्यक्ष देवी पौडेलको भनाई छ । तालिम पाएका युवा रोजगारीका लागि जिल्लाबाहिर जानु नपर्ने तथा आफै ब्यबसाय गर्न चाहेमा इलाम नगरपालिकाले पनि आवश्यक सहयोग गरिदिने इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ र ९ का वडाध्यक्ष गोपाल चौहानले बताउनुभयो ।
केचना कञ्चनजंघा पर्यटन समितिका निर्देशक केशब द्यौरालीले रोजगारीका अवसर सिर्जना गर्नेमात्र नभई इलाम आउने पर्यटकको आतिथ्य सत्कारमा पनि यस्ता किसिमका तालिमले सघाउ पुग्ने बताउनुभयो । व्यक्ति दक्ष भएपछि रोजगारी पाउँछ र आम्दानी पनि राम्रो गर्न सकिने अवस्था रहने इलाम नगरपालिका पर्यटन समितिका अध्यक्ष सुशिला सापकोटाको भनाई छ । कोराना महामारिमा थलिएको इलामको होटल ब्यबसाय अहिले ब्यूतिने क्रममा छ । अहिले होटलमा दक्ष कामदारको अभाव भइरहेको अवस्थामा यो कामदारका लागि भएको दक्षता तालिमले होटल व्यवसाय सहित पर्यटन क्षेत्रमा सघाउ पुग्नेछ । तालिममा २० जनाको सहभागिता रहेको छ भने तालिमलाई निर्मला लैप्चा चौहानले सहजीकरण गरिरहनु भएको छ ।
बैसाख महिनादेखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण
आउँदो बैसाख महिनादेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) वितरण इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेबाटै हुने

इलाममा सडक फुड फेस्टिबल सुरु
गणेश घिमिरे चैत्र ३१, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना
गणेश घिमिरे चैत्र २९, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष
प्रतिकृया दिनुहोस