हेरिटेजको बार्षिक उत्सवमा सम्मान तथा पुरस्कार बितरण

गणेश घिमिरे
माघ १९, इलाम
इलाम नगरपालिका ९ मा सञ्चालित हेरिटेज नेशनल एकाडेमि माध्यमिक बिद्यालयले आफनो १६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर शुक्रबार मनाएको छ । बार्षिक उत्सवको अवसरमा बिद्यालयले बिद्यार्थी, शिक्षक र कर्मचारीलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरयो । बिद्यालयले सञ्चालन गरेको खेलकुद सप्ताह अन्तर्गत बिभिन्न बिधाका उत्कृष्ट खेलाडी, बिद्यालयकै उत्कृष्ट बिद्यार्थी, बिद्यालयमा यस बर्षको शैक्षिक सत्र सुरु भएदेखि हालसम्म गयल नभएका बिद्यार्थी तथा शिक्षक गरी जम्मा ४ सय जनालाई सम्मान एवं पुरस्कृत गरीएको बिद्यालयका प्रधानाध्यापक सञ्जिव बल तामाङले जानकारी दिनुभयो । टिका फुयाँलको अध्यक्षता एवं इलाम नगरपालिका शिक्षा शाखा प्रमुख राधिका घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बक्ताहरुले अबको शिक्षा सिपमूलक शिक्षा हुनुपर्नेमा जोड दिएका थिए ।
२०६५ सालमा स्थापित यो बिद्यालयलमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन भइरहेको छ । बिद्यालयमा हाल एकहजार बिद्यार्थी छन् भने ६५ जना शिक्षक एवं कर्मचारी रहेका छन् । २५ जनाको शेयर लगानी रहेको यस बिद्यालयले २०७६ सालमा कोशि प्रदेश सरकारले उत्कृष्ट बिद्यालयको घोषणा गर्दै नगद दुईलाख रुर्पैंयाँ पुरस्कार प्रदान गरेको थियो । बिभिन्न बर्षमा प्याब्सन बोर्ड परिक्षामा समेत उत्कृष्ट नतिजा हात पार्दै आएको यस बिद्यालयले एसइइमा उत्कृष्ट जिपिए ल्याउँदै आएको छ । शैक्षिक गुणस्तर संगै बिद्यालयले बिद्यार्थीको अन्य प्रतिभालाई उजागर गर्न खेलकुद संगै बिभिन्न अतिरीक्त क्रियाकलाप समेत गर्दै आएको बिद्यालय सञ्चालक समितिले जनाएको छ । कार्यक्रममा बिद्यालय सञ्चालक समिति लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट
गणेश घिमिरे माघ २६, इलाम मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक

संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी
गणेश घिमिरे माघ २४, इलाम थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
प्रतिकृया दिनुहोस