सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट

गणेश घिमिरे
माघ २६, इलाम 
मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक मार्गको स्तरोन्नतीमा सरोकारवालाले चासो देखाउँदै गएका छन् । सो क्रममा बैकल्पिक मार्गको रुपमा रहेको सिलपुर छेउ सिमल गोलाईबाट  जोगमाई खोला हुँदै हुँदै तिल्केनी सम्मको सडक निर्माणका लागि बजेट बिनीयोजन भएको छ । इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेत र इलाम नगरपालिकाको पहलमा उक्त सडकको स्तरोन्नतीका लागि नेपाल सरकारबाट पाँच करोड बजेट बिनीयोजन भएको छ । सो बजेटबाट चालु आर्थिक बर्षको आउँदो असार मसान्तसम्ममा काम सक्नुपर्नेछ । हाल एक करोड बजेटबाट सिमल गोलाईबाट जोगमाई खोला सम्मको सडकको स्तरोन्नती र नाली निर्माण लगायतको काम भइरहेको छ । यस्तै सो बैकल्पिक मार्गमा पर्ने जोगमाई खोलामा पुल समेत छैन ।

उक्त खोलामा पुल हाल्न पुवाखोलामा रहेको बेलीब्रिजलाई  ल्याएर लगाउनका लागि इलाम नगरपालिकाले पहल थालेको छ । नगरपालिकाका मेयर केदार थापा सहितको टोलिले सडक विभागका महानिर्देशक रामहरी पोखरेल र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई भेट्दै पुवाखोलामा रहेको बेलिब्रिज ल्याएर जोगमाई खोलामा लगाउनका लागि आग्रह गर्नुभएको छ । नगरपालिकाका अनुसार आउँदो आर्थिक बर्षको अगावै सो खोलामा बेलिब्रिज जडान हुने भएको छ । यस्तै इलाम–बेलासे–झापा (फास्ट ट्रयाक) को पुवाखोलामा नयाँ बेलीब्रिज जडान गर्नका लागि पनि आग्रह गरिएको थियो । उक्त खोलामा पनि आउँदो आर्थिक बर्षको अगावै नयाँ बेलिब्रिज जडान भइसक्ने आश्वसन पाएको मेयर थापाले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

घरेलुद्धारा बिश्व उपभोक्ता दिवसमा अन्तरक्रिया 

गणेश घिमिरे चैत २, इलाम      विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण 

गणेश घिमिरे चैत्र ३, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम 

गणेश घिमिरे चैत्र १, इलाम  इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी