विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम

गणेश घिमिरे
चैत्र १, इलाम
इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी अग्नि नियन्त्रण तालिम सम्पन्न भएको छ । पाँचदिने आयोजना गरिएको तालिममा विपदपछिको उद्धार, प्राथमिक उपचारदेखि घाइतेलाई सुरक्षित रूपमा अस्पताल लैजानेलगायत सीप सिकाइएको थियो । तालिममा नगर प्रहरी, कर्मचारी, रेडक्रस स्वयंसेवक, सैनिक, नेपाल र सशस्त्र प्रहरी, सर्वसाधारणसमेत ९० सहभागी थिए । तालिम क्रममा प्रयोगात्मक नमुना अभ्यास (मिमुलेसन)समेत गरिएको थियो । आगलागी तथा भूकम्पजस्ता प्रकोप सामना गर्न तालिम उपयोगी हुने इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो । सिकेको ज्ञान–सीप र प्रविधि उपयोग गर्दै विपदका बेला धनजनको क्षति रोक्न इलाम नगरले तालिम आयोजना गरेको उहाँको भनाई छ । विपदका बेला उद्धार, सहयोग, उपचार र राहतका कार्यक्रम प्रभावकारी बनाउन विपद् समितिहरूलाई समयानुकूल व्यवस्थित गर्न पनि आवश्यक मेयर थापाले बताउनुभयो । तालिममा सहभागिलाई रणशार्दूल गण इलामका गणपति प्रह्लाद घले, सिडिओ कल्पना श्रेष्ठ, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङलगायतले प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा आयोजित तालिममा गृह मन्त्रालयका प्रशिक्षकले सहजीकरण गरेका थिए ।

घरेलुद्धारा बिश्व उपभोक्ता दिवसमा अन्तरक्रिया
गणेश घिमिरे चैत २, इलाम विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण
गणेश घिमिरे चैत्र २, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

इलाममा होलि पर्वको रौनक
गणेश घिमिरे फागुन २९, इलाम फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका
प्रतिकृया दिनुहोस