महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण

गणेश घिमिरे
चैत्र २, इलाम
महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको अध्यक्षता एवं इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बू दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिले महिलालाई उद्यम क्षेत्रमा प्रोत्साहन गर्नका लागि तीनै तहका सरकार तथा सरोकारवाला निकायले लगानी गर्नुपर्नेमा जोड दिएको थियो । कार्यक्रममा संघकी महासचिब उषा निरौलाले प्रगति तथा कोषाध्यक्ष तीर्थ निरौलाले ३ लाख १८ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा इलाम नगरपालिकाकी सफल महिला उद्यमी मेनुका निरौलालाई सम्मान गरेको संघकी सदस्य एवं महिला उद्यमी मेनुका श्रेष्ठ पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालका प्रमुख एकनाथ दाहाल, इलाम नगर पर्यटन समिति अध्यक्ष सुशिला सापकोटा, इलाम नगर महिला समन्वय समिति अध्यक्ष पूष्पा खनाल, सञ्चारकर्मी सबिता पाण्डे, होटल ब्यबसायि देवी पौडेल, लगायतले शुभकामना दिँदै महिलालाई सिपमूलक तालिमहरु दिएर उद्यमसंग जोड्नुपर्ने बताउनु भएको थियो । यस्तै जिल्लाभरका उद्यमीहरुलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड समेत दिइएको थियो । संघमा जिल्लाभरका ३५ जना उद्यमी आबद्ध छन् ।

इलाममा सडक फुड फेस्टिबल सुरु
गणेश घिमिरे चैत्र ३१, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना
गणेश घिमिरे चैत्र २९, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष

पर्यटकीय गन्तब्य बन्दै पानीटार, पर्यटन प्रबद्र्धन गर्न महोत्सवको आयोजना
गणेश घिमिरे चैत्र २४, इलाम पूर्वी नेपालको पहाडी जिल्ला इलाम देशकै प्रमुख पर्यटकीय जिल्ला मध्येको एक हो । पहाडकी रानी नामले समेत चिनीने इलाममा
प्रतिकृया दिनुहोस