घरेलुद्धारा बिश्व उपभोक्ता दिवसमा अन्तरक्रिया

गणेश घिमिरे
चैत २, इलाम
विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि मनाइयो । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो ।
दिवस मनाइरहँदा उपभोक्ता भने धेरैथरी समस्या भोग्न बाध्य छन् । कालोबजारी र मिसावटको समस्या पनि उस्तै छ । नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकअन्तर्गत समावेश गरिएको छ । उपभोक्ता हकहित संरक्षणका लागि अधिकारको व्यवस्था धेरै भएपनि कार्यान्वयन पक्ष भने फितलो भएका कारण उपभोक्ताले अधिकारको प्रत्याभूति गर्न भने पाएका छैनन् । इलाम स्थित घरेलु तथा साना उद्योग कार्यालयले उपभोक्ता अधिकारका बिषयमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा सहभागिले सरकारले समयसापेक्ष र जनअपेक्षा अनुरूप वैज्ञानिक र व्यवस्थित आपूर्ति प्रणालीको व्यवस्था मिलाउन नसक्नु, मागअनुसार आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु, आयातित वस्तुमा निर्भर हुनु, बजारमा भइरहेको कालोबजारी, सिन्डिकेट, खाद्यवस्तुमा मिसावट र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेका कारण उपभोक्ता अन्यायमा परेको बताएका थिए । कार्यालयका प्रमुख एकनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह गर्नुभयो । इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बू दाहालले उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो रहेको औंल्याउनु भयो ।
कार्यालकीय रिता अधिकारीले बिषबस्तु संग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा कार्यालयका प्रमुख एकनाथ दाहालले बजार अनुगमनका क्रममा धेरै जटिलताहरु आइपर्ने गरेको जनाउनु भएको थियो । कार्यक्रममा उद्यमी, सञ्चारकर्मी, होटल ब्यबसायी, प्रशासन कार्यालयका प्रतिनिधि, मानव अधिकारकर्मी लगायतका प्रतिनिधिले आ आफनो धारणा राख्नुभएको कार्यालयका शाखा अधिकृत किरण कार्कीले जानकारी दिनुभयो ।

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण
गणेश घिमिरे चैत्र ३, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम
गणेश घिमिरे चैत्र १, इलाम इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी

इलाममा होलि पर्वको रौनक
गणेश घिमिरे फागुन २९, इलाम फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका
प्रतिकृया दिनुहोस