सहकारी दिवसमा सम्मान र बक्तृत्वकला प्रतियोगिता

गणेश घिमिरे
चैत्र २०, इलाम
मर्यादित सहकारी ः समुन्नत समाज भन्ने नाराका साथ आज इलाममा ६८ औं राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ इलामले सदरमुकाममा आयोजना गरेको दिवसमा सम्मान एवं बक्तृत्वकला प्रतियोगिता गरीएको छ । संघका अध्यक्ष लिलाप्रसाद थापाको अध्यक्षता एवं कोशि प्रदेशका संसद गोविन्द गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो क्रममा सहकारी संघले जिल्लाका बिभिन्न पालिकाका बिभिन्न सहकारी संस्थामध्ये उत्कृष्ट सहकारी संस्थाका ११ जना अध्यक्ष, एकजना पूर्व अध्यक्ष र एकजना उत्कृष्ट ब्यबस्थापकलाई सम्मान गरेको छ ।
यस्तै ग्रामिण बिकासमा सहकारीको महत्व बिषयमा बक्तृत्वकला प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा अध्ययनरत आठजना छात्र÷छात्राले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा सुस्मा शिबाकोटीले प्रथम स्थान हासिल गर्दा पूष्पा राना मगरले दोस्रो र लक्ष्मि शिबाले तेस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँहरुलाई स्वर्गिय दलबहादुर बस्नेत परिवारका सदस्य र जुनतारा समाजिक बिकास केन्द्रका अध्यक्षबाट नगद पुरस्कार प्रदान गरिएको थियो । यता दिवस मनाउने क्रममा इलामको ठूलो टुडिखेलबाट रयाली निकालिएको थियो । सो रयालीले नगर परिक्रमा गरेर गौतम बुद्ध सभागृहमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी व्यवस्थापन र नियमनका लागि स्थानीय तहले दिगो नीति बनाउनुपर्नेमा जोड दिएका थिए । क्रिम संबत २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेका छन् ।

पर्यटकीय गन्तब्य बन्दै पानीटार, पर्यटन प्रबद्र्धन गर्न महोत्सवको आयोजना
गणेश घिमिरे चैत्र २४, इलाम पूर्वी नेपालको पहाडी जिल्ला इलाम देशकै प्रमुख पर्यटकीय जिल्ला मध्येको एक हो । पहाडकी रानी नामले समेत चिनीने इलाममा

‘तालिम लिएपछि थप जिम्मेवारी बढ्यो’
गणेश घिमिरे चैत्र १८, इलाम इलाम सदरमुकाममा चारदिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम आज सकिएको छ । सुनगाभा बचत तथा ऋण सहकारीले आयोजना गरेको

गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला
गणेश घिमिरे चैत्र १५, इलाम इलाममा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला परेको छ । घरबाट हराएकी इलाम
प्रतिकृया दिनुहोस