इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे
जेठ ७, इलाम
बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या हुँदै आएको छ । जिल्ला बुद्धिचाल संघ इलामले पालिका स्तरमा गठन गरेका अधिकाँश संघहरु निस्किृय छ । जिल्ला संघले जिल्लाका दश पालिका मध्ये आठवटा पालिकामा पालिका स्तरीय बुद्धिचाल संघ गठन गरेको छ । त्यसमा सूर्योदय नगरपालिका बाहेक अन्य कुनै पालिकाले पालिका स्तरमा बुद्धिचाल खेलको कुनैपनि गतिबिधि गर्न सकेको छैन । पालिका स्तरका संघमा बसेका पदाधिकारी नै रनभुल्लमा परेका छन् । पालिका स्तरमा संघ गठन मात्र भयो, तर संघले प्रतियोगिता सञ्चालन गर्न के गर्ने नगर्ने भन्ने अन्योल हुँदा गठन भएका संघ निस्किृय रहेको छ ।
जिल्ला संघले समेत जिल्ला स्तरमा सोचेजति प्रतियोगिता गर्न सकेको छैन । जसकारण पनि यस खेलमा आकर्षण बढ्दै गएका खेलाडीहरुमा निराशा पैदा हुन थालेको छ । जिल्ला स्तरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक सहयोग नै जुटाउनुपर्ने अवस्था रहँदा पनि चेस प्रतियोगिता कमै मात्रामा हुने गरेको छ । चेसको महत्व अझैपनि नबुझेकै कारण दाताहरुले नै सहयोग गर्न पनि आनाकानी गर्ने समस्या छ । तीनै तहका सरकारले अन्य खेललाई जस्तो बुद्धिचाल खेललाई चासो नदिँदा पनि यो खेल बिश्वमा प्रशिद्ध खेल भएर पनि नेपालमा ओझेलमा परिरहेको छ । जिल्ला स्तरमा यस खेलको बिकासका निम्ति स्थानीय सरकारले नै चासोको रुपमा हेरेर लगानी गर्नुपर्ने नेपाल बुद्धिचाल महासंघका बरिष्ठ उपाध्यक्ष दिपेन राईको भनाई छ । खेलकुद क्षेत्रमा बढ्दो राजनीतिकरणले नेपालको खेल क्षेत्र डामाडोल हुँदै गएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो । बुद्धिचाल जस्तो खेललाई जिल्ला स्तरमा बिस्तार गर्दै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिन आवश्यक छ । य
सैबीच जिल्ला बुद्धिचाल संघको आठौं जिल्ला अधिबेशन पनि सम्पन्न भएको छ । अधिबेशनले दुइबर्षे कार्यकालका लागि तारानिधि घिमिरेको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश घिमिरे, सचिबमा श्याम सेम्बो, कोषाध्यक्षमा मनिषा लिम्बू लगायत छन् । सो क्रममा संघले सूर्योदय नगरपालिकाले पालिका स्तरमा चेस सम्बन्धिको गतिबिधिमा अग्रणि भूमिका निभाएको भन्दै पालिकाका संघ अध्यक्ष सौरभ आचार्यलाई सम्मान समेत गरेको छ । चेस खेलले मानसिक, बौद्धिक र रणनितीक क्षमता वृद्धि गर्दै धैर्यता समेत सिकाउने गर्दछ । यस खेलको बिकासका निम्ति बिद्यालय स्तरसम्म लैजानु आवश्यक रहेको छ ।

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको

इलाम गोल्डकपमा सहभागि जनाउने खेलाडीको रेडहर्षले गरयो दुर्घटना बीमा
गणेश घिमिरे मंंसिर १८, इलाम इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा खेलाडीको

इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप पनि हुँदै
गणेश घिमिरे मंसिर ११, इलाम इलाममा आउँदो मंसिर २२ देखि २९ गतेसम्म हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको खेल तालिका सावजनिक गरीएको छ ।
प्रतिकृया दिनुहोस