माईबेनी मेलामा कोरोना प्रभाव, मेला भर्ने र मकर नुहाउने घटे

सुन्तला र उखुको कारोबारमा पनि गिरावट

गणेश घिमिरे
माघ १, इलाम
    परापूर्वकालदेखि इलामको माईजोगमाई गाउँपालिका (साविकको नामसालिङ्ग ४) र इलाम नगरपालिकाको बीचमा लाग्दै आएको धार्मिक र सांस्कृतिक महत्व बोकेको माइबेनी मेला यो बर्षपनि प्रभावित बनेको छ । हरेक बर्ष पुष ३० देखि माघ २ गतेसम्म लाग्ने माईबेनी मेलामा योबर्ष पनि भक्तजनको उपस्थिती अत्यन्त न्यून रह्यो ।         

अघिल्लो दुईबर्ष कोरोना महामारीका कारण माईबेनी मेला लाग्न नसकेको अवस्थामा यो बर्षपनि महामारीका कारण मेला प्रभावित बनेको हो । बिशेष गरेर माघ १ गते माई र जोगमाई खोलाको संगम स्थल रहेको सो क्षेत्रमा मेला लाग्ने गरेको छ । बिगत २०÷२२ बर्षदेखि माइबेनी मेलालाई देशको राजनैतिक परिस्थिती सहित माहामारी लगायतले प्रभाव पार्दै आएको छ । बिगतका बर्षहरुमा मेलामा पूर्वका बिभिन्न जिल्ला सहित भारतको दार्जिलिङ्ग, मानेभञ्ज्याङ्ग, सुकिया, सिक्किम, मिरीक लगायतबाट मेला भर्न आउने र मकर नुहाउन आउने भक्तजनको घुइँचो लाग्ने गरेको थियो । तर यो बर्ष देश बिदेशबाट मेला भर्न र मकर नुहाउन आउनेको संख्या अत्यन्त न्यून रहेको मेला आयोजक समितिले जनाएको छ । बिगतमा मकर नुहाउने र नजिकै रहेको शिव मन्दिरमा दर्शन गर्नेको भीड लाग्ने गरेपनि अहिले भने मकर नुहाउने र मेला भर्न आउनेहरु अत्यन्त कम भएको स्थानीय देशबीर राईले बताउनुभयो ।                                 

माइखोलालाई शक्तिकी देवीको रुपमा पुजाआजा गर्ने चलन समेत रहेकाले माइखोलामा नुहाएर मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । कतिपय भक्तजनहरु भाकल पूरा गर्नका लागि पनि माइबेनी जाने गरेका छन् । बिगतका बर्षमा ठूलो संख्यामा मेलामा विभिन्न व्यावसायिक स्टलहरुका साथै स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजहरु बिक्रिका लागि राखिने गरेपनि योबर्ष अत्यन्त कम रहेको थियो । मेलामा उखु र सुन्तलाको कारोबार उच्च हुने गरेपनि यो बर्षभने यसको कारोबार ह्वात्तै घटेको मेलामा नामसालिङ्गबाट उखु बिक्रिका लागि पुग्नु भएका सन्त देवानले बताउनुभयो । माइबेनी इलाम जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा लिइन्छ । यस क्षेत्रका स्थानीयवासीले माघे सक्रान्तिलाई विशेष पर्वकै रुपमा लिने गर्दछन् । बिगतमा जस्तो मेलाको माहौल नभएपनि मेला आयोजक समितिले मेलालाई ब्यबस्थित बनाउनुका साथै सुरक्षा स्थिती पनि मजबुद बनाएको माईजोगमाई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश राईले बताउनुभयो ।                                     

इलामको सन्दकपुर मुहान रहेको माइखोला अरु खोलाहरुसंगै झापा पुग्दा कन्काई नामले परिचित छ । कन्काई किनारमा पनि मकर सक्रान्ति अवसरमा भव्य मेला लाग्ने गर्छ । राणा शासनकालमा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले १९२० सालतिर सुरु गरेको माइवेनी मेला ऐतिहासिक भएकाले सबै जातजाति र उमेर समूहकाहरुको भीड लाग्ने गर्दथ्यो । मेलामा धान, मारुनी जस्ता परम्परागत कला संस्कृति झल्किने प्रस्तुति भने अचेल देखिंदैनन् । माईबेनीबाट इलामबजारतर्फ फर्कँदा दुई घण्टाको पैदल हिँडेर बेनीमार्गबाट राईगाउँ, तिल्केनी हुँदै इलामबजार आउन सकिन्छ भने माईबेनीसम्म ट्याक्सी समेत सञ्चालन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना

गणेश घिमिरे असार २७, इलाम      इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको

रैथाने बालीको परिकारको प्रर्दशनीमा ढिडोदेखि चाम्रे सम्म

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको