दक्षताले युवाहरुलाई सिप र रोजगारको अवसर सृजना गरायो

एकजनालाई ७० हजार खर्चेर होटल सम्बन्धिको तालिम उपलब्ध

गणेश घिमिरे
जेठ ११, इलाम

इलाममा पछिल्लो केही बर्षयता जिल्लाका प्रमुख बजार सहित बिभिन्न पर्यटकीय स्थलहरुमा ठूला ठूला होटलहरु खोलिने क्रम बढ्दो छ । गएको एक÷दुईबर्ष कोरोना महामारीले यो ब्यबसाय चौपट नै भयो । तर अहिले बिस्तारै होटल ब्यबसाय फस्टाउँदो क्रममा छ । ग्रामिण भेगमा पनि धमाधम होटलहरु खोलिने क्रम बढिरहेको छ । होटल खोलिने क्रम बढिरहँदा युवाहरुले पनि रोजगारीको अवसर पाइरहेका छन् । तर जिल्लाका बिभिन्न स्थानहरुमा लाखौं, करोडौं रुपैंयाँ लगानी गरेर खोलिएका होटलहरुमा काम गर्ने दक्ष जनशक्ति (कुक, वेटर) को अभाव भने सधै खड्कीने गरेको छ । जसले गर्दा सेवाग्राहीले उचित किसिमको सेवा सुबिधा पाउन सकिरहेका छन् ।

इलाम बजार, फिक्कल बजार पशुपतिनगर बजार, कन्याम जस्ता ठाउँमा खोलिएका केही ठूला होटलहरुमा दक्ष जनशक्ति रहेपनि त्यो पर्याप्त भने अझै हुन सकिरहेको छ । पर्यटन ब्यबसायमा सघाउ पुरयाउने मुख्य होटल होटल नै भएपनि होटलमा दक्ष जनशक्ति अभाव भइरहँदा यसले इलामको पर्यटन प्रबद्र्धन खासै टेवा दिन नसकेको पाइरहेको छ ।  होटलमा दक्ष जनशक्ति अभाव र बेरोजगार युवाको संख्या बढ्दौ क्रममा रहेपछि इलाम उद्योग बाणिज्य संघ इलामले युरोपियन यूनियनको सहयोगमा  इलाम उद्योग बाणिज्य संघले दिगो रोजगारीको लागि सिप बिकास (दक्षता) परियोजना सञ्चालन गरेको छ । २० महिने यो परियोजना मार्फत होटल क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई दक्ष बनाएर रोजगारीको सृजना दिलाउनु प्रमुख उद्येश्य रहेको थियो । यो परियोजनाको अवधि सकिएसंगै परियोजनाले ३ सय २० जनालाई होटलको बिभिन्न सात बिषयमा ३ सय ९० घण्टा प्राबिधिक ब्यबसायिक तालिम दिएको थियो । रत्नकुमार वान्तवा बहुप्राबिधि शिक्षालय (सिटिइभिटी) को प्राबिधिक सहयोगमा उपलब्ध गराइएको सो तालिममा एकजना प्रशिक्षार्थीलाई दक्ष बनाउनका लागि करीब ७० हजार रुपैंयाँसम्म खर्च भएको परियोजनाका दावातेञ्जि योल्मूले बताउनुभयो ।

उद्योग बाणिज्य संघ मार्फत सञ्चालित परियोजनाले तालिम दिएपछि तालिम लिएका केही बाहेक धेरैले आफूले सिकेको सिपलाई सदुपयोग गर्दै रोजगारीको अवसर समेत प्राप्त गरेको संघका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो । होटल क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै पनि रहेको र तालिमको माग अझै आएकाले संघले अझै पनि यस किसिमको तालिम सञ्चालन गर्न पहल गर्दै सबैलाई सिप सिकाएर ब्यबसायिक बनाउन लागि पर्ने अध्यक्ष चिपालुले बताउनुभयो । दक्षता परियोजना सञ्चालनका लागि ३ करोड २३ लाख ९७ हजार ७ सय ८५ रुपैंयाँ बजेट रहेको थियो । बेरोजगारको समस्या समाधानका लागि यस किसिमको तालिम आवश्यक पर्ने होटल ब्यबसायीहरु बताउँछन् ।

परियोजनाको समापनमा गरीएको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा इलाम नगरका मेयर केदार थापा, उपमेयर बिष्णु दाहाल लिम्बू, संघका पूर्व अध्यक्ष हिमालय कर्मचार्य, होटल ब्यबसायी सुरेन्द्र राई लगायतले ग्रामिण भेगमा पनि यस किसिमको तालिम हनुपर्ने जनाउँदै पर्यटन क्षेत्रलाई सघाउ पुरयाउन होटलको भूमिका महत्वपूर्ण हुने भएकाले जिल्लाका सबै पालिकाहरु एक भएर दिगो कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिममा सहभागिले तालिमले आफूहरुलाई दक्ष बनाएको र सिकेको सिपलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस

पूर्वाञ्चलमै तेस्रो अठार पूराणको आयोजना गरीदैं, पचास हजार भक्तजन भित्रयाउने लक्ष्य

गणेश घिमिरे फागुन २७, इलाम      इलाम नगरपालिका ६ र ८ नम्बर वडाको संगम स्थल सिङगफ्रिङ्गमा अठार पुराण समापन एवं इलाम धार्मिक महोत्सवको आयोजना हुन

महिला उद्यमि लिलादेवीको अर्को फड्को, होमस्टे महासंघ कोशि प्रदेशको अध्यक्षमा चयन

गणेश घिमिरे असोज १५, इलाम  इलाममा सफल महिला उद्यमिको परिचय बनाउनु भएकि इलाम सन्दकपुर गाउँपालिकाकि लिलादेवी भटटराईले एकपछि अर्को सफलता चुम्दै जानु

महभिर चट्टानमा रुट निर्माण सुरु, माउण्टेन गाइडले सर्टिफाइ र ग्रेडिङ गर्ने 

गणेश घिमिरे÷असार २०, इलाम पर्यटकीय गन्तब्यको रुपमा बिकास हुँदै गएको इलाम नगरपालिका ८ महभिरमा रहेको महभिर चट्टानमा रुट बनाउने काम सुरु भएको छ ।