नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगरमा मनोज, प्रदेशमा मोहन

गणेश घिमिरे
माघ २८, इलाम 
नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगर कमिटि र प्रदेश २ (क) को कार्य समिति गठन सदरमुकाममा आज (आइतबार) सम्पन्न भएको छ । मनोज लाप्चाको अध्यक्ष्तामा २१ सदस्यिय महासंघको नगर कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा तीर्थ एक्तेन, सचिबद्धयमा अन्जु शेर्पा र सुबास राई, सहसचिबद्धयमा उमेश सेलिङ र भिमकुमारी लिम्बू तथा कोषाध्यक्षमा बिनादेवी लिम्बू रहनुभएको छ ।

यस्तै सदस्यहरुमा दावा तामाङ, सुरेन्द्र साङपाङ, नरेश गुरुङ, टिका एक्तेन लगायत रहनु भएको छ । यस्तै महासंघको इलाम क्षेत्र नम्बर २ को प्रदेश २ (क) को कमिटि पनि गठन भएको छ । मोहन गुरुङ्गको अध्यक्षतामा १५ सदस्यिय कमिटि गठन भएको हो ।  जसको उपाध्यक्षद्धयमा दिलिप राई र पूर्णबहादुर राई, सचिबद्धयमा सुरेन राई र टंक गुरुङ्ग रहनु भएको छ । सहसचिब र कोषाध्यक्ष मनोनित गर्ने बताइएको छ । यस्तै सदस्यहरुमा मुनु खवास, डम्बर भुजेल, कमला मगर लगात रहनु भएको छ । दुबै कमिटिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण पनि सम्पन्न भएको छ । नेपाली काँग्रेस इलामका पूर्व सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापति खगेन्द्र देवान, सहसचिब देवेन्द्र सुवेदी, जिल्ला सदस्यहरु लक्ष्मण पाण्डे, डालाकुमारी बिष्ट, होम बस्नेत, नगर सभापति तीर्थ गुरुङ्ग, वडाध्यक्षहरु नुतनदेव दुलाल, दलमान तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता