नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगरमा मनोज, प्रदेशमा मोहन

गणेश घिमिरे
माघ २८, इलाम
नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगर कमिटि र प्रदेश २ (क) को कार्य समिति गठन सदरमुकाममा आज (आइतबार) सम्पन्न भएको छ । मनोज लाप्चाको अध्यक्ष्तामा २१ सदस्यिय महासंघको नगर कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा तीर्थ एक्तेन, सचिबद्धयमा अन्जु शेर्पा र सुबास राई, सहसचिबद्धयमा उमेश सेलिङ र भिमकुमारी लिम्बू तथा कोषाध्यक्षमा बिनादेवी लिम्बू रहनुभएको छ ।
यस्तै सदस्यहरुमा दावा तामाङ, सुरेन्द्र साङपाङ, नरेश गुरुङ, टिका एक्तेन लगायत रहनु भएको छ । यस्तै महासंघको इलाम क्षेत्र नम्बर २ को प्रदेश २ (क) को कमिटि पनि गठन भएको छ । मोहन गुरुङ्गको अध्यक्षतामा १५ सदस्यिय कमिटि गठन भएको हो । जसको उपाध्यक्षद्धयमा दिलिप राई र पूर्णबहादुर राई, सचिबद्धयमा सुरेन राई र टंक गुरुङ्ग रहनु भएको छ । सहसचिब र कोषाध्यक्ष मनोनित गर्ने बताइएको छ । यस्तै सदस्यहरुमा मुनु खवास, डम्बर भुजेल, कमला मगर लगात रहनु भएको छ । दुबै कमिटिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण पनि सम्पन्न भएको छ । नेपाली काँग्रेस इलामका पूर्व सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापति खगेन्द्र देवान, सहसचिब देवेन्द्र सुवेदी, जिल्ला सदस्यहरु लक्ष्मण पाण्डे, डालाकुमारी बिष्ट, होम बस्नेत, नगर सभापति तीर्थ गुरुङ्ग, वडाध्यक्षहरु नुतनदेव दुलाल, दलमान तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
इलाम, बैशाख ९, इलाम राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७

गैससलाई चलायमान बनाउ अग्रसर बर्तमान कार्यसमिति, पहिलो पटक भित्ते पात्रो प्रकाशन
गणेश घिमिरे चैत्र ३१, इलाम गैरसरकारी संस्था महासंघ नेपाल इलाम शाखाले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ ।

इलाममा सडक फुड फेस्टिबल सुरु
गणेश घिमिरे चैत्र ३१, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ
प्रतिकृया दिनुहोस