नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगरमा मनोज, प्रदेशमा मोहन
गणेश घिमिरे
माघ २८, इलाम
नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगर कमिटि र प्रदेश २ (क) को कार्य समिति गठन सदरमुकाममा आज (आइतबार) सम्पन्न भएको छ । मनोज लाप्चाको अध्यक्ष्तामा २१ सदस्यिय महासंघको नगर कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा तीर्थ एक्तेन, सचिबद्धयमा अन्जु शेर्पा र सुबास राई, सहसचिबद्धयमा उमेश सेलिङ र भिमकुमारी लिम्बू तथा कोषाध्यक्षमा बिनादेवी लिम्बू रहनुभएको छ ।
यस्तै सदस्यहरुमा दावा तामाङ, सुरेन्द्र साङपाङ, नरेश गुरुङ, टिका एक्तेन लगायत रहनु भएको छ । यस्तै महासंघको इलाम क्षेत्र नम्बर २ को प्रदेश २ (क) को कमिटि पनि गठन भएको छ । मोहन गुरुङ्गको अध्यक्षतामा १५ सदस्यिय कमिटि गठन भएको हो । जसको उपाध्यक्षद्धयमा दिलिप राई र पूर्णबहादुर राई, सचिबद्धयमा सुरेन राई र टंक गुरुङ्ग रहनु भएको छ । सहसचिब र कोषाध्यक्ष मनोनित गर्ने बताइएको छ । यस्तै सदस्यहरुमा मुनु खवास, डम्बर भुजेल, कमला मगर लगात रहनु भएको छ । दुबै कमिटिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण पनि सम्पन्न भएको छ । नेपाली काँग्रेस इलामका पूर्व सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापति खगेन्द्र देवान, सहसचिब देवेन्द्र सुवेदी, जिल्ला सदस्यहरु लक्ष्मण पाण्डे, डालाकुमारी बिष्ट, होम बस्नेत, नगर सभापति तीर्थ गुरुङ्ग, वडाध्यक्षहरु नुतनदेव दुलाल, दलमान तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै
गणेश घिमिरे असोज १६, इलाम नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।
फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह
गणेश घिमिर असोज १५, इलाम नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने
क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता
गणेश घिमिरे असोज २, इलाम पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र
प्रतिकृया दिनुहोस