महिलालाई आत्मनिर्भर बनाउन सूर्योदयमा पिठो बनाउन सिकाइयो
गणेश घिमिरे
बैशाख २९, इलाम
महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्येश्यले बिभिन्न सिपमूलक तालिमहरु प्रदान गरीदै आएको छ । इलाम जिल्लाका दशै पालिकामा महिलाहरुका लागि बिभिन्न किसिमका सिपमूलक तालिमहरु दिएर आयआर्जनका लागि सहयोग पुरयाउँदै आएको छ । यसैक्रममा जिल्लाका सूर्योदय नगरपालिकामा महिलाहरुका लागि सिप बिकास तालिम अन्तर्गत मस्यौरा तथा पोषणयुक्त सर्वोत्तम पिठो बनाउने तालिम दिइएको छ । सूर्योदय नगरपालिका अन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले सोही पालिकाको वडा नम्बर ३ पशुपतिनगरमा उक्त सिपमूलक तालिमको आयोजना गरेको हो । पाँच्दिनसम्म सञ्चालन गरीएको तालिममा स्थानीय स्तरबाट उत्पादन भएका बिभिन्न बस्तुहरुको मस्यौरा तथा पिठो बनाउन सिकाइएको थियो ।
तालिममा मकैको पिठो, भटमासको पिठो, गहुँको पिठो, बदामको पिठो, चनाको पिठो कसरी बनाउने, यसको पिठो बनाउन चाहिने बस्तुहरु के के हुन्, मात्रा कसरी मिलाउने लगायतका बिषयहरु सिकाइएको थियो । सो क्षेत्रका करीब १५ जना महिलाहरुको सहभागिता रहेको तालिममा पिठो बनाउने सिप सन्दकपुर गाउँपालिकाकि लिलादेवी भट्टराईले सिकाउनु भएको थियो । यो कार्यक्रम नगरपालिकाको चालु आवको बार्षिक कार्यक्रमको हो । इलामकी एक सफल महिला उद्यमि भटटराईले दुग्धजन्य पदार्थबाट उत्पादन मिठाइका परिकारका साथै बिभिन्न किसिमका अचार समेत बनाउन सिकाउँदै आउनु भएको छ । इलाम मात्र नभएर देशका बिभिन्न जिल्लाहरुमा गएर सिप सिकाउँदै आउनु भएकि भटटराई एक सफल सहकारीकर्मी र कृषक पनि हुनुन्छ । भटटराईलाई यस्ता किसिमको सिपमूलक तालिमको प्रशिक्षण गरीदिनका लागि धेरै माग आउने गरेको छ । बिभिन्न राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भटटराईको फुसद भने खासै हुँदैन । महिला उद्यमि भटटराई महिलाहरुका लागि प्रेरणाको श्रोत पनि हुनुन्छ । कुनैपनि कामलाई सानो ठूलो नभनी लगनशिल र मेहनतले गर्ने भटटराई महिला स्वास्थ्य स्वंसेवीका पनि हुनुन्छ ।
प्रगति पथमा लम्कदै छिमेकी सहकारी
गणेश घिमिरे मंसिर २२, इलाम वित्तिय कारोबार, बचत तथा ऋणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै इलाम जिल्लाको अब्बल सहकारीको रुपमा आफूलाई स्थापित
सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले ६ वटा उपसमिति गठन
गणेश घिमिरे मंसिर २१, इलाम इलाम नगरपालिकालाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा काम गर्दै आएको सुनगाभा बच तथा ऋण सहकारी सहकारी इलामले संस्थाको
इलाम गोल्डकपमा सहभागि जनाउने खेलाडीको रेडहर्षले गरयो दुर्घटना बीमा
गणेश घिमिरे मंंसिर १८, इलाम इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा खेलाडीको
प्रतिकृया दिनुहोस