इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी
गणेश घिमिरे
असार ११, इलाम
रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको संरक्षण हुन सकेको छैन । त्यस्ता बालीहरुबाट बनेका परिकारहरु मानिसको जीवनमा अत्यन्तै पौष्टिक र स्वस्थकर हुन्छ । तर यी बालीहरु संरक्षणको अभाव पर्दै गएपछि त्यसबाट बनाइने परिकारहरु कमै मात्रामा पाइन्छ । जसले गर्दा रैथाने बालीको संरक्षण संगै त्यस बालीबाट बन्ने परिकारहरुलाई प्रचार गर्दै पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने उद्येश्यले इलाम सदरमुकाममा आज एकदिने रैथाने बालीको परिकारको प्रदर्शनी गरीएको छ ।
होटल ब्यबसायी संघ इलाम र नगर पर्यटन प्रबद्र्धन समिति इलामको संयुक्त आयोजनामा प्रर्दशनी गरीएको हो । स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिएको हो । रैथाने बाली फापर÷कोदोको रोटि तथा पकौडा, नेवारी खाजा सेट, भुटेको मकै, गुन्द्रुकको अचार, ढिडो, दुधबाट बनेका परिकार, खिर, चिङफिङको रक्सि, मट्का, लगायतका बस्तुहरु प्रदर्शनीमा राखिएको थियो । इलाममा उत्पादन हुने रैथाने बालीका परिकारहरू सहरका ठुला होटलमा महँगोमा बिक्री हुन्छ, तर जिल्लामा यसको उपभोग गर्ने मानिस घटेका कारण उत्पादन बढाउन र पर्यटकलाई आकर्षण गर्न प्रदर्शनी गरिएको संघका सचिब प्रकाश चापागाइँले बताउनुभयो । साउनदेखि इलामका होटलको मेनुमा रैथाने बालीको परिकार राखिने छ । यो प्रदर्शनी पश्चात इलामका होटलहरुमा रैथाने बालीको परिकारहरु खाजाका रुपमा बनाउनका लागि होटल ब्यबसायीहरुलाई आग्रह गरिने जसले गर्दा इलामको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बिश्वास आयोजकले लिएको छ । रैथाने बालीको उत्पादन वृद्धि गर्न र यसको बजारको सुनिश्चित गर्न स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा करिब चारसय जनाले अवलोकन गरेको बताइएको छ । प्रदर्शनीमा सहभागि मध्ये इलाम नगरपालिकाकी रन्जना जोशिले प्रदर्शनीमा राखिएका परिकारहरुको स्वाद लिएपछि अब इलामका होटलहरुमा यस्ता परिकारहरु बनाउन आग्रह गर्नुभयो । रैथाने बालीको परिकार प्रदर्शनीमा ल्याउने ब्यबसायीहरु मध्ये उत्कृष्ट तीन छनौट गरेर पुरस्कृत समेत गरिएको छ । जसमा पहिलो, दोस्रो र तेसो हुनेले क्रमश ३ हजार, २ हजार र एकहजार रुपैंयाँ प्राप्त गरे । प्रर्दशनीमा १४ वटा स्टल राखिएको थियो । स्टल ल्याउनेलाई एकहजार रुपैंयाँ प्रदान गरिएको थियो । इलाम उद्योग बाणिज्य संघ र महिला उद्यमि संघ इलामको सह आयोजनामा सञ्चालन भएको प्रदर्शनीलाई पर्यटन कार्यलय काकरभिटटा झापा र इलाम नगरपालिकाले प्रबद्र्धन गरेको हो । प्रदर्शनीमा सदरमुकाममा रहेका बिभिन्न बिद्यार्थीका बिद्यार्थीलाई पनि ल्याइएको थियो ।
अतिथिलाई मायाको चिनो तरकारीको पोको
गणेश घिमिरे पुष २२, इलाम अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छ । कार्यक्रम समापनको
दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित
गणेश घिमिरे पुष २१, इलाम निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई
पोखरा सँग इलाम जोड्दै नाटा
कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु भएको छ । नेपाल एशोसिएसन
प्रतिकृया दिनुहोस