इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे
असार ११, इलाम 
    रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको संरक्षण हुन सकेको छैन । त्यस्ता बालीहरुबाट बनेका परिकारहरु मानिसको जीवनमा अत्यन्तै पौष्टिक र स्वस्थकर हुन्छ । तर यी बालीहरु संरक्षणको अभाव पर्दै गएपछि त्यसबाट बनाइने परिकारहरु कमै मात्रामा पाइन्छ । जसले गर्दा रैथाने बालीको संरक्षण संगै त्यस बालीबाट बन्ने परिकारहरुलाई प्रचार गर्दै पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने उद्येश्यले इलाम सदरमुकाममा आज एकदिने रैथाने बालीको परिकारको प्रदर्शनी गरीएको छ ।                           

 होटल ब्यबसायी संघ इलाम र नगर पर्यटन प्रबद्र्धन समिति इलामको संयुक्त आयोजनामा प्रर्दशनी गरीएको हो । स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिएको हो । रैथाने बाली फापर÷कोदोको रोटि तथा पकौडा, नेवारी खाजा सेट, भुटेको मकै, गुन्द्रुकको अचार, ढिडो, दुधबाट बनेका परिकार, खिर, चिङफिङको रक्सि, मट्का, लगायतका बस्तुहरु प्रदर्शनीमा राखिएको थियो । इलाममा उत्पादन हुने रैथाने बालीका परिकारहरू सहरका ठुला होटलमा महँगोमा बिक्री हुन्छ, तर जिल्लामा यसको उपभोग गर्ने मानिस घटेका कारण उत्पादन बढाउन र पर्यटकलाई आकर्षण गर्न प्रदर्शनी गरिएको संघका सचिब प्रकाश चापागाइँले बताउनुभयो । साउनदेखि इलामका होटलको मेनुमा रैथाने बालीको परिकार राखिने  छ । यो प्रदर्शनी पश्चात इलामका होटलहरुमा रैथाने बालीको परिकारहरु खाजाका रुपमा बनाउनका लागि होटल ब्यबसायीहरुलाई आग्रह गरिने जसले गर्दा इलामको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बिश्वास आयोजकले लिएको छ । रैथाने बालीको उत्पादन वृद्धि गर्न र यसको बजारको सुनिश्चित गर्न स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने आयोजकले जनाएको छ ।                                         

प्रदर्शनीमा करिब चारसय जनाले अवलोकन गरेको बताइएको छ । प्रदर्शनीमा सहभागि मध्ये इलाम नगरपालिकाकी रन्जना जोशिले प्रदर्शनीमा राखिएका परिकारहरुको स्वाद लिएपछि अब इलामका होटलहरुमा यस्ता परिकारहरु बनाउन आग्रह गर्नुभयो । रैथाने बालीको परिकार प्रदर्शनीमा ल्याउने ब्यबसायीहरु मध्ये उत्कृष्ट तीन छनौट गरेर पुरस्कृत समेत गरिएको छ । जसमा पहिलो, दोस्रो र तेसो हुनेले क्रमश ३ हजार, २ हजार र एकहजार रुपैंयाँ प्राप्त गरे । प्रर्दशनीमा १४ वटा स्टल राखिएको थियो । स्टल ल्याउनेलाई एकहजार रुपैंयाँ प्रदान गरिएको थियो । इलाम उद्योग बाणिज्य संघ र महिला उद्यमि संघ इलामको सह आयोजनामा सञ्चालन भएको प्रदर्शनीलाई पर्यटन कार्यलय काकरभिटटा झापा र इलाम नगरपालिकाले प्रबद्र्धन गरेको हो । प्रदर्शनीमा सदरमुकाममा रहेका बिभिन्न बिद्यार्थीका बिद्यार्थीलाई पनि ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस

इलाममा भब्यताका साथ रोपाईजात्रा मनाइयो

गणेश घिमिरे भदौ ६, इलाम      मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा बिहीबार इलाम बजारमा निकालिएको छ । जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग

उत्तरे पोखरीको संरक्षणमा स्थानीय सरकारकै चासो कम, पर्या पर्यटनमा सघाउँदै सहयात्रा नेपाल

गणेश घिमिरे साउन १३, इलाम      संरक्षणको अभाव हुँदा पोखरी तथा मुहानहरु पछिल्लो समय सुक्ने क्रममा रहेको छ । यसको ज्वलन्त उदाहरण इलामको माइजोगमाई

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना

गणेश घिमिरे असार २७, इलाम      इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा