इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे
असार २१, इलाम 
कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको कृषि बिज्ञहरुको अध्ययन पछि प्राङ्गरीक मल उत्पादन गर्न लागेको हो । इलाम नगरपालिकाको पहलमा इलाम नगरपालिका वडा नम्बर १ साँखेजुङ्गमा रहेको लेकाली कृषि सहकारी संस्थाले प्राङ्गरीक मल उत्पादन गर्न कारखाना सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । उक्त कारखाना स्थापना गर्नका लागि कोशि प्रदेश सरकारले २५ लाख रुपैंयाँ अनुदान दिएको छ ।

इलाम नगरपालिकाले मल कारखाना स्थापना गर्न ईच्छुक सहकारी, फर्महरुलाई आह्वान गरे अनुरुप लेकाली सहकारी संस्थाले पेश गरेको प्रस्तावलाई स्वीकृत गरेको हो । उक्त सहकारीको ६ लाख २५ हजार रुपैंयाँ लागत सहभागिता रहेको संस्थाकी अध्यक्ष धनमाया डाँगीले बताउनुभयो । प्राङ्गरीक मल बनाउने मेसिन समेत संस्थामा आइसकेको छ । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुनेछन् । संस्थालाई अनुदान प्राप्त तीन रोपनी जग्गामा कारखाना स्थापना गरिएको हो । यस्तै साँखेजुङ्गमै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) अन्र्तगत अलैंची र चियाको अनुसन्धान केन्द्र स्थापना गर्ने काम समेत भइरहेको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रम अनुरुप इलाम नगरको विकासको लागि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको नगर प्रमुख केदार थापाले बताउनुभयो । यहाँ उत्पादन हुने चिया, तरकारी, अलैंची लगायतका बालीहरुलाई प्रांगरिक बनाउन लेकाली कृषि सहकारीले स्थापना गर्न लागेको प्राङ्गरीक मल उत्पादन कारखानाले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने नगर प्रमुख थापाको भनाई छ । 
 

प्रतिकृया दिनुहोस

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता

इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा 

गणेश घिमिरे असार २६, इलाम      इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर

खानेपानी उपलब्ध गराउन सहयात्रा र स्थानीय सरकारको सक्रियता

गणेश घिमिरे जेठ २८, इलाम      पहाडी भेगका अधिकांश बस्तीले धेरथोर झेल्दै आएको समस्या हो– खानेपानीको अभाव । धेरै परिवार बर्खायाममै पनि स्वच्छ