इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे
असार २१, इलाम 
कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको कृषि बिज्ञहरुको अध्ययन पछि प्राङ्गरीक मल उत्पादन गर्न लागेको हो । इलाम नगरपालिकाको पहलमा इलाम नगरपालिका वडा नम्बर १ साँखेजुङ्गमा रहेको लेकाली कृषि सहकारी संस्थाले प्राङ्गरीक मल उत्पादन गर्न कारखाना सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । उक्त कारखाना स्थापना गर्नका लागि कोशि प्रदेश सरकारले २५ लाख रुपैंयाँ अनुदान दिएको छ ।

इलाम नगरपालिकाले मल कारखाना स्थापना गर्न ईच्छुक सहकारी, फर्महरुलाई आह्वान गरे अनुरुप लेकाली सहकारी संस्थाले पेश गरेको प्रस्तावलाई स्वीकृत गरेको हो । उक्त सहकारीको ६ लाख २५ हजार रुपैंयाँ लागत सहभागिता रहेको संस्थाकी अध्यक्ष धनमाया डाँगीले बताउनुभयो । प्राङ्गरीक मल बनाउने मेसिन समेत संस्थामा आइसकेको छ । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुनेछन् । संस्थालाई अनुदान प्राप्त तीन रोपनी जग्गामा कारखाना स्थापना गरिएको हो । यस्तै साँखेजुङ्गमै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) अन्र्तगत अलैंची र चियाको अनुसन्धान केन्द्र स्थापना गर्ने काम समेत भइरहेको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रम अनुरुप इलाम नगरको विकासको लागि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको नगर प्रमुख केदार थापाले बताउनुभयो । यहाँ उत्पादन हुने चिया, तरकारी, अलैंची लगायतका बालीहरुलाई प्रांगरिक बनाउन लेकाली कृषि सहकारीले स्थापना गर्न लागेको प्राङ्गरीक मल उत्पादन कारखानाले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने नगर प्रमुख थापाको भनाई छ । 
 

प्रतिकृया दिनुहोस

आँखाको ज्योति फर्किएपछि खुशिले गद्गद्

गणेश घिमिरे  चैत्र ३०, इलाम      इलाम फाकफोकथुम गाउँपालिका स्थित खाम्बाङका ८८ बर्षिय भिमबहादुर राईको खुशिको सिमा छैन । एउटा दाइने आँखाले देख्न

‘तालिम लिएपछि थप जिम्मेवारी बढ्यो’

गणेश घिमिरे चैत्र १८, इलाम  इलाम सदरमुकाममा चारदिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम आज सकिएको छ । सुनगाभा बचत तथा ऋण सहकारीले आयोजना गरेको

शेयर सदस्यलाई थप जिम्मेवार बनाउन प्राथमिक उपचार तालिम प्रदान

गणेश घिमिरे चैत्र १५, इलाम  भनिन्छ, दुर्घटना अचानक हुन्छ । अपर्झट दुर्घटना भइहाले सर्वप्रथम चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुग्ने वा अरुलाई