काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान
गणेश घिमिरे
भदौ २७, इलाम
इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९÷०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचांकसहित इलाम नगर पहिलो भएको हो । यसरी इलाम नगरपालिकाले राष्ट्रियस्तरमा गरिएका विभिन्न मूल्यांकनमा एकपछि अर्काे सफलता हात पारिरहेको छ । संघीय सरकारले गरेको देशभरका पालिकाको विभिन्न क्षेत्रको मूल्यांकनमा इलाम नगरले सफलता पाइरहेको हो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए । मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा पनि इलाम नगरपालिका देशभरको पाँचौं र कोशी प्रदेशको पहिलो भएको थियो । आर्थिक वर्ष २०७९÷०८० को लिसामा इलाम नगरले ८९ दशमलव ५० अंक प्राप्त गरेको नगर प्रमुख केदार थापाले बताउनुभयो । इलाम नगरले लिसाका सूचकमध्ये शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५, वित्तीय आर्थिक व्यवस्थापनमा १० अंक पाएको थियो ।
यस्तै, सेवा प्रवाहमा १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ दशमलव ५ तथा सहकार्य र समन्वयमा ५ दशमलव ५ अंक इलाम नगरले ल्याएको थियो । देशभरमा पाँचौ र कोशि प्रदेशमा पहिलो बनेको इलाम नगरपालिकाको चर्चा चुलिएको छ । यसैक्रममा इलाम नगरपालिकालाई नेपाली कांग्रेस केन्द्रीय समिति अन्तर्गतको स्थानीय तह समन्वय विभागले आज राजधानिमा सम्मान गरेको छ । नेपाली कांग्रेसका जनप्रतिनिधि विजयी भएर उत्कृष्ट ठहरिएका स्थानीय तहलाई कांग्रेसले सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम नगरसहित उत्कृष्ट पालिकालाई सम्मान गर्नुभएको हो । गएको स्थानीय तह निर्बाचनमा इलाम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट निर्वाचित भएर नगरपालिकालाई कोशि प्रदेशकै पहिलो र देशकै पाँचौ स्थानमा पुरयाउन महत्वपूर्ण योगदान पुरयाएको भन्दै काँग्रेस केन्द्रिय समितिले इलाम नगरपालिकाका मेयर केदार थापालाई सम्मान गरेको हो ।
पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै
गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार
सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान
गणेश घिमिरे पुष २७, इलाम सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन
बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी सहकारीको २५ बर्ष पूरा, मेयर÷पूर्व उपमेयर र पूर्व अध्यक्ष्यलाई बिशिष्ठ सम्मान
गणेश घिमिरे पुष २७, इलाम बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी बचत तथा ऋण सहकारी संस्था इलामले आफनो २५ औं बर्षगाठ (रजत जयन्ती) मनाएको छ । रजत जयन्ती
प्रतिकृया दिनुहोस