काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे

भदौ २७, इलाम 
इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९÷०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचांकसहित इलाम नगर पहिलो भएको हो । यसरी इलाम नगरपालिकाले राष्ट्रियस्तरमा गरिएका विभिन्न मूल्यांकनमा एकपछि अर्काे सफलता हात पारिरहेको छ । संघीय सरकारले गरेको देशभरका पालिकाको विभिन्न क्षेत्रको मूल्यांकनमा इलाम नगरले सफलता पाइरहेको हो ।  योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए । मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा पनि इलाम नगरपालिका देशभरको पाँचौं र कोशी प्रदेशको पहिलो भएको थियो । आर्थिक वर्ष २०७९÷०८० को लिसामा इलाम नगरले ८९ दशमलव ५० अंक प्राप्त गरेको नगर प्रमुख केदार थापाले बताउनुभयो । इलाम नगरले लिसाका सूचकमध्ये शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५, वित्तीय आर्थिक व्यवस्थापनमा १० अंक पाएको थियो । 


यस्तै, सेवा प्रवाहमा १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ दशमलव ५ तथा सहकार्य र समन्वयमा ५ दशमलव ५ अंक इलाम नगरले ल्याएको थियो । देशभरमा पाँचौ र कोशि प्रदेशमा पहिलो बनेको  इलाम नगरपालिकाको चर्चा चुलिएको छ । यसैक्रममा इलाम नगरपालिकालाई नेपाली कांग्रेस केन्द्रीय समिति अन्तर्गतको स्थानीय तह समन्वय विभागले आज राजधानिमा सम्मान गरेको छ । नेपाली कांग्रेसका जनप्रतिनिधि विजयी भएर उत्कृष्ट ठहरिएका स्थानीय तहलाई कांग्रेसले सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम नगरसहित उत्कृष्ट पालिकालाई सम्मान गर्नुभएको हो । गएको स्थानीय तह निर्बाचनमा इलाम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट निर्वाचित भएर नगरपालिकालाई कोशि प्रदेशकै पहिलो र देशकै पाँचौ स्थानमा पुरयाउन महत्वपूर्ण योगदान पुरयाएको भन्दै काँग्रेस केन्द्रिय समितिले इलाम नगरपालिकाका मेयर केदार थापालाई सम्मान गरेको हो ।

प्रतिकृया दिनुहोस

क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता

गणेश घिमिरे असोज २, इलाम  पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

जिससको समिक्षा बैठकमा पालिकाका प्रमुख–उपप्रमुख सहित दलकै बेवास्ता,   जिससलाई प्रशासनले डोमिनेट गर्न खोजेको भन्दै प्रमुखको आपत्ति

गणेश घिमिरे भदौ २७, इलाम     इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति (जिसस) इलामको समिक्षा बैठकलाई बेवास्ता गरेका छन् । यो