प्रगति पथमा लम्कदै छिमेकी सहकारी
गणेश घिमिरे
मंसिर २२, इलाम
वित्तिय कारोबार, बचत तथा ऋणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै इलाम जिल्लाको अब्बल सहकारीको रुपमा आफूलाई स्थापित गराउने अभियानमा रहेको इलामको छिमेकी बचत तथा ऋण सहकारी संस्था प्रगतिको पथमा लम्कदै गएको छ । बर्षौसम्म भाडाको घरमा बसेर संस्था चलाएको छिमेकीले धेरै आरोह अवरोहहरु पार गर्दै अन्तत आफनै निजि भवनबाट संस्था सञ्चालन गर्न थालेको छ । यो सबै शेयर सदस्यसंगै सञ्चालक समितिको अथक प्रयासबाट भएको भन्दै अहिले संस्थाका अध्यक्ष (देवनारायण)दिपेन्द्र बरालको पनि खुशिको सिमा छैन ।
संस्थाले इलाम नगरपालिका वडा नम्बर ७ स्थित ठूलो टुडिखेल नजिकै एक करोड १७ लाख रुपैंयामा भवन खरीद गरेको छ । हाल संस्था आफनै भवनबाट सञ्चालनमा रहेको छ । आफनै भवनबाट सञ्चालनमा रहेको संस्थाको बिधिबत रुपमा उद्घाटन गरीएको छ । इलाम क्षेत्र नम्बर १ का संघिय संसद महेश बस्नेतले उद्घाटन गर्नुभयो । उद्घाटनका् क्रममा बस्नेतले सहकारीको भिडमा आर्थिक विकासमा छिमेकीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । सहकारीले निरन्तर रुपमा वित्तिय सुशासनको क्षेत्रमा काम गर्दै आएको छिमेकी जिल्लाकै अग्रणी सहकारीको रुपमा विकास हुँदै गएको बस्नेतको भनाई थियो । यता संस्थाले आफनो १६ औं बार्षिक साधारण सभा पनि भवन उद्घाटनकै अवसर पारेर गरेको छ । सभाको अवसरमा संस्थाले सम्मान लगायत बिभिन्न कार्यक्रमको आयोजना गरयो ।
शेयर सदस्यको आर्थिक जीवन उकास्न हरेक किसिमका क्रियाकलापमा जोड दिँदै आएको संस्थाले सभाको अवसरमा बिभिन्न बिधामा २० जना ब्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । संस्थालाई भवन बिक्रि गर्ने शंकरमणि प्रधान, धेरै बाल बचत गर्ने पासाङ दिकी शेर्पा, एसइइमा उत्कृष्ट जिपिए ल्याउने बाल सदस्यहरु प्रज्ञा न्यौपाने, रोजी बस्नेत, आयूष कटटेल, कृष्टिना पौडेल, जेष्ठ सदस्य प्रल्हादभक्त चौहान, नर्वदा शिबाकोटि, फर क्षमता भएका शेयर सदस्य पर्वत थापा, एकल महिला कृष्ण कुमारी गौतम, तीलकुमारी बराइली, शिक्षासेवी कृष्णकुमार श्रेष्ठ, उत्कृष्ट ब्यबसायी गीता कटुवाल, मासिक नियमीत बचतकर्ता इश्वरी गुरागाइँ, दैनिक नियमीत बचतकर्ता दिपमाला प्रधान, संस्था सन्चालन गर्न हालसम्म सहज रुपमा भाडामा घर दिने दिपेन्द्र चापागाइँ, भवन खरीद गर्न शेयर थप गर्ने उमाकान्त भटटराई, नन्दलाल भटटराई, राधादेवी चौहान, दिनेशचन्द्र महत र पविमाया गुरुङलाई सम्मान गरेको हो । जसमा एसइइमा उत्कृष्ट नतिजा ल्याउने र फरक क्षमता भएका सदस्यलाई नगद सहित पुरस्कृत समेत गरीएको थियो । सदस्यको मृत्यु भएमा परिवारलाई सहयोग रकम दिनेदेखि सदस्यलाई दिर्घ रोग लाग्दा समेत आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाले बिभिन्न दुर्घटनामा परेका शेयर सदस्यलाई समेत आर्थिक सहयोग गर्दै आएको छ ।
एकहजार ४२ जना शेयर सदस्य रहेको संस्थाले आफनो कारोबार ७ करोड पुरयाएको र आगामी बर्ष ८ करोड १५ लाख पुरयाउने लक्ष्य राखेको संस्थाका अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति एवं भावि कार्यक्रमको प्रतिबेदनमा उल्लेख छ । संस्थाले चालु आर्थिक बर्षमा ४ करोड रुपैंयाँ भन्दा बढि ऋण लगानी गरेको छ । यो बर्ष १३ सय भन्दा बढी शेयर सदस्य बनाउने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष अनिरुद्र मैनालीले जानकारी दिनुभयो ।
पोखरा सँग इलाम जोड्दै नाटा
कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु भएको छ । नेपाल एशोसिएसन
सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले ६ वटा उपसमिति गठन
गणेश घिमिरे मंसिर २१, इलाम इलाम नगरपालिकालाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा काम गर्दै आएको सुनगाभा बच तथा ऋण सहकारी सहकारी इलामले संस्थाको
उदोग दिवसमा उद्यमीलाई सम्मान
गणेश घिमिरे मंसिर ९, इलाम उद्यमीहरुलाई सम्मान गर्दै इलाममा घरेलु तथा साना उद्योग कार्यालयले दशौं उद्योग दिवस मनाएको छ । कार्यालयले जडिबुटि
प्रतिकृया दिनुहोस