इलामको इतिहासमै पहिलो पटक जिल्लाभरका गुरुङ समुदायहरु इलाम चोक बजारमा, मनाए ल्होसार पर्व

गणेश घिमिरे
पुष १५, इलाम

गुरुङ समुदायले नयाँ वर्षको रुपमा आइतबार तमु ल्होसार पर्व मनाएका छन् । इलाममा पनि यो समुदायले भब्य रुपमा पर्व मनाएका हुन् । बिगतका समयमा इलाममा गुरुङ समुदायले आ आफनै गाउँघरमा भेला भएर नाचगान गरेर, गुम्बामा पूजापाठ गरेर यो पर्व मनाएपनि यो बर्ष भने इलाम जिल्लाकै इतिहासमै जिल्लाभरका गुरुङ समुदाय इलाम चोक बजारमा भेलिएर बृहत रुपमा पर्व मनाएका हुन् । पर्वको अवसरमा इलाममा तीनदिनसम्म बिभिन्न कार्यक्रम राखिएको छ । पर्वको मुख्य दिन आज चोक बजारमा गुरुङ समुदायको कौडा, रोखि, ख्याली जस्ता नृत्यहरु गुरुङ भेषभूषामा सजिएर प्रस्तुत गरिएको थियो भने गायक गायिका रगुन गुरुङ, इन्द्र गुरुङ र रुपा गुरुङले आफना गितहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै गुरुङ भाषा संस्कृतिमा योगदान पुरयाउने प्राध्यापक डाक्टर शेखर गुरुङ र सगरमाथा आरोहि याम गुरुङलाई सम्मान गरिएको थियो । पर्वको अवसरमा यो समुदायले इलाममा तीनदिनसम्म खेलकुद कार्यक्रम, सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो ।

यस्तै चोक बजारमा गुरुङ जातिको खानेकुराको स्टलका भेषभूषको स्टलहरु प्रदर्शनीका लागि राखिएको थियो । यता पविमाया गुरुङको अध्यक्षता एवं संघिय संसद महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेसका सह सचिब देवेन्द्र सुवेदी, नेकपा एमालेका सचिब उमेश गुरुङ लगायतले तमु (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका थिए । बक्ताहरुले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औँल्याए । नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरुदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको बक्ताको भनाई थियो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

गुरुङ समुदायले बाघ वर्ग अर्थात तो ल्हो लाई बिदाइ गर्दै बिरालो वर्ग हि ल्हो लाई स्वागत गरी धुमधामका साथ ल्होसार मनाउने गरेका छन् ।  इलाममा ८ हजार ९ सयको हाराहारीमा गुरुङ समुदायको जनसंख्या छ । जिल्लाको इलाम नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा गुरुङ समुदायको अधिक बसोबास रहेको छ । अन्य पालिकामा गुरुङ समुदाय रहेका छन् । 

प्रतिकृया दिनुहोस

इलाममा भब्यताका साथ रोपाईजात्रा मनाइयो

गणेश घिमिरे भदौ ६, इलाम      मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा बिहीबार इलाम बजारमा निकालिएको छ । जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग

‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर

गणेश घिमिरे साउन २३, इलाम  बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न

इलाममा पनि मनाइयो चौथो कोदो दिवस

गणेश घिमिर साउन १५, इलाम  इलाममा रैथाने बाली कोदो प्रवर्द्धनका लागि इलाममा चौथो राष्ट्रिय कोदो दिवस मनाइएको छ । इलामको देउमाई नगरपालिका स्थित