पूर्वाञ्चलमै तेस्रो अठार पूराणको आयोजना गरीदैं, पचास हजार भक्तजन भित्रयाउने लक्ष्य

गणेश घिमिरे
फागुन २७, इलाम 
    इलाम नगरपालिका ६ र ८ नम्बर वडाको संगम स्थल सिङगफ्रिङ्गमा अठार पुराण समापन एवं इलाम धार्मिक महोत्सवको आयोजना हुन लागेको छ । सिङफ्रिङस्थित सिंह–सिद्ध देवी तथा देवी पाञ्चायन मन्दिर परिसरमा १८ पुराण समापन एवं इलाम धार्मिक महोत्सव–२०८० आयोजना गरिन लागेको हो । आउँदो चैत १ देखि ९ गतेसम्म १८ पुराण अन्तर्गत श्री स्कन्ध पुराण आयोजना गरिने भएको छ । सत्रवटा पुराण सकिएसंगै पूर्वाञ्चलमै अठार पुराण समापन गर्ने इलाम पहिलो हुनेछ भने नेपालकै सातौ हुने घोषणा गर्ने गरी आयोजक लागेको छ । यसअघि पूर्वाञ्चनको झापाको अर्जुनधारा र सुनसरीको धरान बराहक्षेत्रमा अठार पुराण सम्पन्न भइसकेको पुराण मूल आयोजक समितिका संयोजक सन्दिप कुमार बुढाथोकीले बताउनुभयो । इलाममा हुन लागेको पुराणमा चर्चित भागवत मञ्जरी राधिका दासीबाट कथा वाचन हुनेछ । पुराणमा बिशिष्ट किराँत धर्मगुरुबाट मुन्धुम र बौध धर्मगुरुबाट दोमाङ्ग पाठ समेत हुनेछ भने १७ वटा पुराणको पाठ पारायण समेत हुनेछ ।

विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न शक्ति पीठमा १७ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको थियो । यस धार्मिक महोत्सवबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई इलाममा आकर्षित गरी सिङ्गो इलामको विकास गर्ने लक्ष्य लिइएको छ । पुराण सम्पन्न गर्न एक मूल आयोजक समिति सहित ४३ वटा उपसमिति गठन गरीएको छ । पुराण हुने स्थललाई अहिले बेहुली झैं सिंगारीएको छ । यस्तै मन्दिर परिसरमा ३५ फिट अग्लो त्रिशुल समेत राखिएको छ । पुराण सम्पन्न गर्न ६२ लाख रुपैंयाँसम्म खर्च हुने र एक करोड संकलन हुने अनुमान आयोजकको छ । यो रकम सबै भक्तजन र एवं दाताहरुबाट संकलन हुने अपेक्षा रहेको छ । पुराणमा ३० देखि ५० हजारसम्म भक्तजन उपस्थित हुने अपेक्षा आयोजकले लिएको छ । पुराणबाट उठेको रकमबाट सम्पूर्ण खर्च कटाएर पुराण आयोजना भएको प्राङ्गण एवं मन्दिर परिसरमा बहुभाषिक, बहुसांस्कृतिक धार्मिक संग्राहलय बनाउने उद्येश्य आयोजकले राखेको छ । यता पुराणलाई सफल बनाउन अहिले सोहि वडाबासि मात्रै नभएर सिंगो इलामबासि नै लागि परेका छन् । पुराण स्थलमा हाल मण्डप निर्माणदेखि लिएर हरेक कामहरु ८० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ । पुराणको उद्घाटनमा कलशयात्रा निकालिनेछ । 
 

प्रतिकृया दिनुहोस

सिटी मार्टमा शौच गर्न जाँदा पर्यटकमाथि दुब्र्यबहारको प्रयास

इलाम, बैशाख २६ सुदुर पूर्वको इलाम पर्यटकीय जिल्ला हो । यहाँ आन्तरीक तथा बाह्य पर्यटकहरु घुम्न आउने गर्दछन् । जिल्लाको कन्याम, अन्तु संगै धेरै धार्मिक

महिला उद्यमि लिलादेवीको अर्को फड्को, होमस्टे महासंघ कोशि प्रदेशको अध्यक्षमा चयन

गणेश घिमिरे असोज १५, इलाम  इलाममा सफल महिला उद्यमिको परिचय बनाउनु भएकि इलाम सन्दकपुर गाउँपालिकाकि लिलादेवी भटटराईले एकपछि अर्को सफलता चुम्दै जानु

महभिर चट्टानमा रुट निर्माण सुरु, माउण्टेन गाइडले सर्टिफाइ र ग्रेडिङ गर्ने 

गणेश घिमिरे÷असार २०, इलाम पर्यटकीय गन्तब्यको रुपमा बिकास हुँदै गएको इलाम नगरपालिका ८ महभिरमा रहेको महभिर चट्टानमा रुट बनाउने काम सुरु भएको छ ।